• Friday, April 11, 2025

पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक

पोखरा, असोज १० गते। पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा पर्यटक लक्षित विभिन्न कार्यक्रमको तयारीमा जुट्ने यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्थाले यस वर्ष भने कोभिड–१९ कारण पर्यटन केन्द्रित कार्यक्रमको आयोजना गरेका छैनन् ।

हरेक वर्ष सेप्टेम्बर २७ मा बाजागाजा, झाँकीसहित पोखरा विमानस्थल र पर्यटक बसपार्कमा पर्यटकलाई ढाकाटोपी र दोसल्लासहित भव्य स्वागत गरेर कार्यक्रम गर्दै आएकामा यस वर्ष कुनै पनि कार्यक्रम नगरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले यस वर्ष पर्यटक लक्षित कार्यक्रम राखेनौँ, कोभिड–१९ ले आन्तरिक तथा बाह्य पर्यटकको आगमन शून्य छ, भीडभाडमा कोरोनाको जोखिम पनि उच्च रहने भएकाले यस वर्ष औपचारिक कार्यक्रम नगर्ने निर्णयमा पुगेका हौँ ।” उहाँले पर्यटन क्षेत्र चलायमान र भावी रणनीतिका विषयमा व्यवसायीबीच भर्चुअल अन्तरक्रिया गरिने जानकारी दिनुभयो ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टान पश्चिमाञ्चलले भने ग्रामीण पर्यटन प्रवर्धनले जोड दिएर विश्व पर्यटन दिवस मनाउँदै आएकामा यस वर्ष फेवाताल पारी एक कार्यक्रमको आयोजना गरेर मनाउन लागेको टानका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सेप्टेम्बर २७ ग्रामीण पर्यटनलाई जोड दिएर ग्रामीण भेगमा नै पुगेर भव्यरूपमा कार्यक्रम गर्दै आएका थियौँ, तर अहिले कोभिड–१९ का कारण गाउँकेन्द्रित कार्यक्रम गर्न असमर्थ भयाँै । यस वर्ष प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा फेवातालपारि किनारमा ‘फेवा फुट ट्रेल–वस्तुगत अध्ययन’ साथै कोभिडपछिको पर्यटन विषयलाई केन्द्रित गरेर कार्यक्रम तय गरेका छाँै ।”

उहाँले फेवाताल पर्यटकको प्रमुख गन्तव्य स्थलकारुपमा रहे पनि आवश्यक पूर्वाधारको अभावले थप आकर्षक बन्न नसकेको जनाउँदै प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षणका लागि कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो ।उहाँका अनुसार फेवातालमा प्याडल डुङ्गामार्फत तालपारि रानीवनमा रहेका चिसापानी र मेवाखोलाको झरनाको अवलोकन साथै तालछेउमा गएको पहिरोको स्थलगत अवलोकन गरेर आवश्यक संरक्षणका लागि समेत पहल गरिने बताउनुभयो ।

पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा आयोजित उक्त कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका मन्त्री विकास लम्साल, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, पर्यटनविद्, सरोकारवाला व्यक्ति, सञ्चारकर्मी सामाजिक दूरी कायम गरेर छुट्टाछट्टै डुङ्गाबाट सो स्थानमा पुगेर अवलोकन गर्ने कार्यक्रम रहेको टानका सचिव जीवनराज सापकोटाले जानकारी दिनुभयो ।

पर्यटन मन्त्रालय पोखराको २०१९ को तथ्याङ्कअनुसार पोखरामा दुई लाख ९८ हजार पर्यटक आएको अभिलेख रहेको पर्यटक संयोजक जुद्ध गुरुङले जानकारी दिनुभयो । अभिलेखमा थुप्रै पर्यटक छुटेकाले करिब चार लाख पर्यटक आएको हुनसक्ने उहाँको अनुमान छ । त्यसैगरी गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा रु पाँच खर्ब ९३ अर्ब ९२ करोड ५६ लाख ११ हजार लगानी छ । पर्यटकको बसाइ दुईदेखि तीन दिन र खर्च सरदर पाँच हजार रहेको उहाँको भनाइ छ ।पोखरामा हाल करिब २०० देखि २५० को हाराहारीमा विदेशी पर्यटक रहेको पर्यटन व्यवसायीको अनुमान छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter