थप एक हजार ५७३ जना सङ्क्रमित, कुल ७३ हजार ३९४ पुग्याे

काठमाडौँ, असोज ११ गते । नेपालमा कोभिड–१९ का एक हजार ५७३ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १० हजार १२३ वटा नमूना परीक्षण गरिएको बताइएकाे हो । योसँगै नेपालमा नौ लाख ८८ हजार ३२७ वटा आरटी पीसीआर परीक्षण भएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७३ हजार ३९४ पुगेको छ ।

चौबीस घण्टामा ८८५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको सङ्ख्या ५३ हजार ८९८ पुगेको छ । कोरोना सङ्क्रमणमुक्त हुने दर ७३.४४ प्रतिशत पुगेकाे छ ।

आइसोलेसनमा र सकृय सङ्क्रमित १९ हजार १९ पुगेको छ । क्वारेन्टिनमा छ हजार २८१ जना छन् ।

दश जनाकाे मृत्यु

पछिल्लो चौबीस घण्टामा दश जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल मृत्यु हुने काेराेना सङ्क्रमितकाे सङ्ख्या ४७७ पुगेकाे छ ।

भेन्टिलेटरमा ३३ जनाकाे उपचार भइरहेकाे छ । यस्तै, २२५ जना आइसीयूमा रहेर उपचार गराइरहनुभएकाे छ ।

काठमाडौँ उपत्यकामा ८०९ सहित बागमतीमा ९०२ मा सङ्क्रमण पुष्टि

काठमाडौँ उपत्यकामा कोरोनाभाइरसका ८०९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाको तीन जिल्लामा ८०९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौँमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ मा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौँमा २३० महिला र ४०३ पुरुष, ललितपुरमा ४३ महिला र ६१ पुरुष तथा भक्तपुरमा २१ महिला र ५१ पुरुष सङ्क्रमित थपिएका हुन् । त्यसैगरी, उपत्यकासहितका तीन जिल्ला सम्मिलित बागमती प्रदेशमा ९०२ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter