राष्ट्रपति भण्डारीद्वारा एसिड आक्रमण र प्रहरी समायाेजनसहित तीन वटा अध्यादेश जारी

काठमाडौँ, असोज १२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा अध्यादेश सोमबार जारी गर्नुभएको छ । मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

प्रवक्ता दाहालका अनुसार राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७७ जारी गर्नुभएको हो ।

संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम सरकारको सिफारिसमा सो अध्यादेश राष्ट्रपति भण्डारीले जारी गर्नुभएको राष्ट्रपति कार्यालय प्रवक्ता दाहालले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय एसिड आक्रमणका घटना बढ्दै गएपछि सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी एसिड आक्रमण गर्नेमाथि थप सजायको व्यवस्था अध्यादेशमा गरेको छ । एसिड आक्रमण गर्नेलाई बढीमा २० वर्ष कैद र १० लाख रुपियाँसम्म जरिवानाको व्यवस्था अध्यादेशमा गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter