एक हजार ३५१ जना सङ्क्रमित, कुल सङ्क्रमित ७४ हजार ७४५

काठमाडौँ, असोज १२ गते । नेपालमा कोभिड–१९ का एक हजार ३५१ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १० हजार ८० वटा नमूना परीक्षण गरिएको बताइएकाे हो ।

थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७४ हजार ७४५ पुगेको छ ।

चौबीस घण्टामा ७४२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको सङ्ख्या ५४ हजार ६४० पुगेको छ ।

कोरोना सङ्क्रमणमुक्त हुने दर ७३ प्रतिशत पुगेकाे छ ।

आइसोलेसनमा र सकृय सङ्क्रमित १९ हजार ६२४ पुगेको छ । क्वारेन्टिनमा छ हजार ३१० जना छन् ।

मृत्यु

पछिल्लो चौबीस घण्टामा ४ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल मृत्यु हुने काेराेना सङ्क्रमितकाे सङ्ख्या ४८१ पुगेकाे छ ।

काठमाडौं उपत्यकामा ८१७ सहित वागमतीमा ८९३ मा सङ्क्रमण पुष्टि

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ८१७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा ८१७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ मा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा २३५ महिला र ४१४ पुरुष, ललितपुरमा ५० महिला र ८२ पुरुष तथा भक्तपुरमा १६ महिला र २० पुरुष सङ्क्रमित थपिएका हुन् । त्यसैगरी, उपत्यकाका तीन जिल्लासिहत वागमती प्रदेशमा ८९३ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

चौबीस घण्टामा एक हजार ३५१ जना थपिएकोमा ८९३ सङ्क्रमित वागमती प्रदेशकै छन् । काठमाडौं उपत्यकाबाहेक मकवानपुरमा सबैभन्दा बढी ४० जना सङ्क्रमित थपिएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter