नाकामा रोकिएको सामान नेपाल पठाउने ब्यवस्थापन गरिदिन चीनका सरकारी निकायलाई उद्योग बाणिज्य संघको अनुरोध पत्र

सिन्धुपाल्चोक, असोज १३ गते । चीन र नेपालको स्थल नाकामा अरबौ रुपैयाँको सामान रोकिएपछि सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले चीनतर्फको तीन वटा सरकारी निकायलाई चिठी लेखेर सामान पठाउने ब्यवस्था गर्न अनुरोध गरेको छ । नेपालीहरुको तीन ठूला चाडपर्व पनि नजिक आएको कारण पनि आवश्यक सामान नेपाल लैजाने ब्यवस्था गरिदिन संघले अनुरोध पत्र लेखेको हो । चीन नेपालको दुई स्थल नाका तातोपानी र रसुवामा अरवौ रुपैयाँका नेपाली ब्यापारीका सामान अलपत्र अवस्थामा रहेको छ । गर्मी सिजनकै लागि ब्यापारिहरुले ल्याएका सामान पनि रोकिएको छ । यस्ता सामान रोकिँदा धेरै ब्यापारीको उठिबास लाग्ने अवस्था आएको पत्रमा उल्लेख गरिएको छ । नेपाल सरकारबाट पर्याप्त पहल नभएका कारण चीनको सरोकारवाललाई नै पत्र लेखेर अनुरोध गरिएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले जनाएको छ ।

सुरुमै चीनमा उत्पन्न भएको कोरोनाको असरले चीन बाट हुने ब्यापार ठप्प छ । चीन र नेपालबीच हुने स्थल ब्यापारिक नाका तातोपानी र रसुवा नाका धेरै सहज भएपनि यहाँ बाट अहिले ब्यापार ब्यवसाय गर्नेहरु ठूलो मर्कामा छन् । सुरुमा कोरोनाका कारण चीनले नाका बन्द गर्दा समस्या भयो । चीनमा कोरोनाको संक्रमण न्यून भएपनि नेपालमा बढ्दै गएपछि नाकामा अझै समस्या भएको छ । सुरुमा सीमित मालवहाक गाडीहरु नेपाल प्रवेश गर्न दिएपनि पछिल्लो समय नेपालको तर्फबाट पर्याप्त पहल हुन सकेको छैन ।

नेपालको उत्तरी नाका मध्ये एकमात्र तातोपानी नाका २०७२ को भुकम्पसँगै बन्द भएको थियो । तातोपानी बन्द भएपछि रसुवा नाका बाट काम भएको थियो । तर, अहिले दुवै नाकामा ब्यापार ब्यवसाय बन्द छ । २०७२ साल बाट बन्द भएको नाका २०७६ जेठदेखि खुल्यो तर, फागुनदेखि पुनः नाका बन्द भयो । चीनमा कोरोना महामारी देखिएपछि बन्द भएको हो । नेपाली ब्यापारीले ल्याएको सामान चीनको खासा, न्यालम र सिगात्चेमा रोकिएको छ । खासा हुँदै आउने चारसय भन्दा धेरै गाडी सामान रोकिएको छ । यो सामान अघिल्लो डिसेम्वरदेखिनै रोकिएको हो । केही समय थोरै परिणाममा आएको सामान पनि चीन पक्षले पनि पूलमा झारिदिने गरेको थियो । ब्यापारीले ल्याएको एक बर्ष अघिदेखिको सामान रोकिएको छ । यस बारेमा राज्यले धेरै पहल नगरेको ब्यापारीहरुको गुनासो छ । ब्यापारी मात्र होईन एक हजार भन्दा धेरै मालवहाक गाडी, चालक र सहचालक अलपत्र छन् । उनीहरुको रोजीरोटी पनि समस्यामा परेको छ । गर्मीकै लागि ल्याईएको सामान रोकिँदा सामानको ‘सिजन अफ’ भईसकेको छ । केरुङ्गमा त झन धेरै गाडी रोकिएको छ । झण्डै बीस अर्व रुपैयाँको सामान रोकिएको अनुमान छ । जाडोयामको सामान आउनु पर्ने त्यो पनि समस्यामा परेको छ । ब्यापारीले लगानी गरेको सामान रोकिँदा कर तिर्न नसक्ने अवस्था आएको छ । सामान्य रुपमा हेर्दा पनि एक अर्व रुपैयाँ त राजस्वनै संकलन हुने सामान चीनतर्फ रोकिएको छ ।

चीनसँगको कुटनीतिक पहलमा ठोस काम नभएको भन्दै आएको उद्योग बाणिज्य संघले ब्यापारीको समस्या समाधान गर्न आवश्यक भएकाले यो पहल गरिएको अध्यक्ष बेदवहादुर श्रेष्ठले बताए ।

बन्दरगाह मार्ग बाट सामान त आउँछ तर, दश महिनादेखि रोकिएको सामानको पूँजी रोकिएको कारण त्यो संभावना छैन । केरुङ्ग र तातोपानी नाका क्षेत्रमा दश महिनादेखि रोकिएको सामान ल्याउन आवश्यक छ । अझ केरुङमा सामान गत वर्ष पुसबाटै अलपत्र पर्न थालेको हो  । गत जेठमा रसुवागढी नाका खोलिए पनि विभिन्न बहानामा चिनियाँ पक्षले दुई पटक बन्द गरिसकेको छ । जेठयता करिब एक महिनामात्रै उक्त नाका सञ्चालन भएको छ ।

यो अवस्थाका बारे जानकारी गराउँदै सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले चीनको न्यालम कस्टम, चीनको डिपार्टमेन्ट अफ कमर्श र झाङ्गमू एडमिनिष्टेसनलाई छु्टाछुट्टै पत्र लेखेर सामान नेपाल लैजान सहयोग गरिदिन अनुरोध गरेको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter