संघ र प्रदेश सरकारले सहयोग गरे प्रभावकारी ढंगले काम गर्न सकिन्छ ः उद्धवप्रसाद खरेल, मेयर बूढानीलकण्ठ नगरपालिका

नेपालको संविधान २०७२ अनुसार नेपाल संघीयतामा प्रवेश गरेसँगै २०७४ सालमा करिब दुईदशक पछि स्थानीय तहको निर्वाचन सम्पन्न भयो । नयाँ संरचनामा स्थानीय तहलाई धेरै अधिकार दिइएका कारण टोलटोलमा सरकार पुगेपछि जनताको आकांक्षासमेत तीव्ररुपमा बढ्न पुग्यो । देश संघीयतामा गएपछि पनि तीन तहका सरकारबीच कामको बाँडफाँडमा अन्योल, कर्मचारी समायोजन तथा हाल कोरोना भाइरसका कारण स्थानीय निकायले आशा गरेअनुरुप प्रतिफल दिन सकेनन् कि भन्ने गुनासो बढिरहेको छ । बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल लामो समयदेखि यो क्षेत्रमा विकासप्रेमी तथा दूरदृष्टि राख्ने राजनीतिज्ञको रूपमा परिचित हुनुहुन्छ । यसैक्रममा नेपाल ई खबरले मेयर खरेलसँंग उहाँले चुनावमा गरेका प्रतिबद्घता कति पूरा गर्नुभयो, यो अवधिमा के कस्ता चुनौतीको सामना गर्नुप¥यो र आगामी दिनमा नगरपालिकाका योजना के के छन् भन्ने विषयमा केन्द्रित रही गरेको कुराकानी ः

तपार्इं निर्वाचित भएको तीन वर्षभन्दा धेरै भइसक्यो यो अवधिमा तपार्इंले निर्वाचनको समयमा गर्नु भएका प्रतिबद्घता के कति पूरा गर्नुभयो ?

काठमाडौंको उत्तरतर्पm रहेको बूढानीलकण्ठ नगरपालिका धेरै जन संख्या भएको नगरपालिका हो । यहाँ धेरै ठाउँका मानिस आएर बसोबास गरिरहनु भएको छ । साविकका ६ वटा गाविस मिलेर बनेको यो कान्छो नगरपालिका हो । नयाँ नगरपालिका भएको र राज्य पुनःसंरचनाको क्रममा भएकाले सबैभन्दा ठूलो प्राथमिकता यसलाई कसरी एकीकृत रूपमा लिएर जाने भन्ने थियो र सबैको चाहना यसलाई कसरी सुखी र समृद्घ नगरपालिका बनाउने भन्ने नै थियो । यो चाहनालाई मूर्तरूप दिनका लागि हामीले पाँचवटा कुरामा जोड दिँंदै आएका थियौं र अहिले पनि हामी ती पाँचवटा कुरालाई हासिल गर्ने दिशामा अगाडि बढिरहेका छौं ।

पाँचवटा कुरामध्ये पहिलो प्राथमिकता सुशासन नै हो । एक एकवटा इकाईमा काम गरिरहेका संरचनाहरू एकीकृत हुँदा केही गाह्रो हुन्छ कि भन्ने लागिरहेको थियो तर हामीले १३ वटा वडामा काम कारबाही एकीकृत गरेर जनतालाई बिनाझन्झट सेवा प्रदान गरिरहेका छौं । हाम्रो दोस्रो प्राथमिकता भनेको पूर्वाधार निर्माण हो जसलाई हामीले तीव्ररूपमा अगाडी बढाइरहेका छौं । स्थानीय निकायका भवनसमेत नभएको अवस्थामा विभिन्न इकाईका भौतिक संरचना एकीकृत गर्नुपर्ने चुनौतीपूर्ण काम थियो । यसलाई हामीले एकीकृत गर्दै अगाडि बढिरहेका छौं र अहिले भौतिक पूर्वाधार निर्माणकार्यलाई दु्रतता दिइरहेका छौं । तेस्रो प्राथमिकता सामाजिक विकास हो जसका लागि हामीले शिक्षा, स्वास्थ्यलगायत दलित, गरिब तथा सीमान्तकृत समुदायलाई मूलप्रवाहमा जोडने काम गरिरहेका छौं । चौथो प्राथमिकता आर्थिक विकास हो जो राज्यको समेत प्राथमिकता हो । आर्थिक विकास तथा गरिबी निवारण अत्यन्त चुनौतीपूर्ण काम हो । हामीले कृषि, पशुपालनलाई व्यवस्थित बनाउने तथा तालिम तथा सीप दिएर रोजगारी सिर्जना गर्ने, बजार तथा व्यवसायलाई व्यवस्थित गरेर आर्थिक क्रियाकलापमा जोड दिइरहेका छौं । पाँचौ प्राथमिकता वन, वातावरण, फोहर मैला तथ ा विपद् व्यवस्थापन हो जसका लागि हामीले विभिन्न क्षेत्रसंँगको सहयोग र समन्वयमा काम गरिरहेका छौं ।

विभिन्न चुनौती कर्मचारी व्यवस्थापन तथा सीप, निर्वाचित जनप्रतिनिधिको अनुभवको कमी तथा हाल आएर कोरोना महामारीका बाबजुद् हामीले यी प्राथमिकताका आधारमा बजेट छुट्याएर कार्यान्वयनमा अगाडि बढिरहेका छौं । हामीले केन्द्र तथा प्रदेश सरकारको सहयोगमा विकास निर्माणका कार्यलाई अगाडि बढाइरहेका छौं । विभिन्न चुनौतीका बीच हामीले सुरु गरेका परियोजना सम्पन्न हुन केही समय लागिरहेको छ तर हामी हाम्रा पाँचवटा प्राथमिकता पूरा गर्नेतर्पm अग्रसर छौं । समग्रमा हामीले आफ्नो कामको मूल्यांकन गर्दा ५० नम्बर दिने गरेका छौं र हाम्रो कार्यकाल सकिने बेलासम्म यो नम्बरलाई ६० देखि ७० मा पु¥याउने हाम्रो लक्ष्य छ ।

तपाईंको कार्यकालमा हालसम्म भएका पाँचवटा मुख्य उपलब्धि के के हुन् ?

सर्वप्रथम हामीले नगरपालिकाको आफ्नै भवन बनाउन सफल भएका छौं सम्भवत उपत्यकाका नगरपालिकामध्ये सबैभन्दा पहिले भवन बनाउने हामी नै हौं । यसका साथै थुप्रै पूर्वाधार निर्माण गरेका छौं । दोस्रो हामीले नगरपालिकामा रहेका १४ वटा महत्वपूर्ण सडकको निर्माण सुरु गरेका छौं । विभिन्न कारणले निर्माण सम्पन्न हुन केही समय लागे पनि हामीले फागुनसम्म सबै सडकको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौं । खानेपानीमा हामीले एक घर एक धारा भन्ने लक्ष्य राखेका छौं । नगरपालिकामा रहेका करिब ३० हजार घरमध्ये १५ हजारमा धारा जडान भइसकेका छन् भने बाँकी घरमा पनि धारा पु¥याउने हाम्रो लक्ष्य छ जसका लागि हामीले विभिन्न योजना कार्यान्वयन गरिरहेका छौं । अहिले हामीले २१५ करोडको खानेपानी आयोजना निर्माणको क्रममा छौं । यो वर्ष करिब ३ हजार धारा जोड्ने लक्ष्यका साथ काम गरिरहेका छौं । आगामी वर्ष बाँकी धारा जडान गर्ने कार्यलाई निरन्तरता दिनेछौं । ३० वटा विद्यालय भवन नेपाल सरकारको मापदण्डअनुसार निर्माण तथा पुनर्निर्माण गर्ने क्रममा छौं । अर्को हामीले पर्यटन प्रवद्र्धनमा जोड दिएका छौं । आर्थिक विकासका लागि पर्यटकीय मार्ग तथा पूर्वाधार बनाउने काम गरिरहेका छौं ।

पूर्वाधार विकासमा समय लाग्ने रहेछ विभिन्न चुनौतीका कारण हामीले सबै काम गर्न नसके पनि हामी त्यो दिशामा अगाडि बढिरहेका छौं ।

सघन बस्तीका कारण वातावरण संरुक्षण चुनौतीपूर्ण बन्दै गइरहेको अहिलेको अवस्थामा वातावरण संरक्षणका लागि यहाँहरूले के कस्ता प्रयास गरिरहनुभएको छ ?

२५७ वटा नगरपालिकाजस्तै हामीहरू पनि यो नगरपालिकालाई कसरी गजबको नगरपालिका बनाउने भनेर अध्ययन गरिरहेका छौं । ३५ वर्गकिलोमिटरमा पैmलिएको प्रकृतिको काखमा रहेको यो नगरपालिकाको वातावरण संरक्षण गरेर पर्यटनको माध्यमबाट रोजगारी सिर्जना गर्नका लागि हामीले विभिन्न योजना बनाइरहेका छौं । हामीले वातावरण संरक्षणलाई आयआर्जनको माध्यम बनाउन सकियोस् भनेर पर्यटन विकासका लागि पदमार्ग, साइकलमार्ग तथा संग्रहालयलगायतका अन्य पर्यटकीय पूर्वाधार बनाउनका लागि अगाडि बढिरहेका छौं । विभिन्न बस्तीलाई मौलिक बस्तीको रूपमा विकास गर्ने प्रयास गरिरहेका छौं । तर यी सबै कुरा गर्नका लागि नागरिकको सहयोग अपरिहार्य छ । हामी एकीकृत योजना बनाउने क्रममा छौं तर यसका लागि माथिल्लो निकायको सहयोग अपरिहार्य छ र ती निकायले स्थानीय तहलाई अभैm पूर्ण विश्वास गरिसकेका छैनन् । हामीले अत्यन्त गरिब तथा सहयोग आवश्यक भएका मृगौलालगायत रोगका बिरामीलाई १०÷१२ हजार रुपैंया सहयोग गर्दासमेत सो रकमलाई बेरुजु देखाउने तथा आफ्ना मान्छेलाई पैसा बाँडे भन्ने हिसाबले प्रचार गर्ने गरिन्छ यस्तो परम्परागत सोचाइमा परिवर्तन हुन जरुरी छ । हामीले निर्णय गर्ने सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइनुपर्दछ । हामीले सुखी र समृद्घ नगरको जग बसाल्ने काम गरिरहेका छौं ।

सरकार टोलटोलमा पुगेको छ तर अहिले पनि सेवाग्राहीले सेवालिने क्रममा ढिलासुस्ती लगायतका विभिन्न चुनौती भोगिरहेका छन् यसको समाधानका लागि केही योजना बनाउनुभएको छ ?

तपाईंले उल्लेख गर्नुभएका चुनौती मैले पनि सामना गरिसकेको छु र कर्मचारीको परम्परागत कार्यसम्पादनको बारेमा म पनि जानकार छु तर हाल म यी कुरा समाधान गर्ने स्थानमा आएको छु । अहिले जुन परम्परागत शैलीको कार्यसम्पादन छ त्यसमा परिवर्तन हुन जरुरी छ । प्रविधिको प्रयोगबाट यसलाई केही हदसम्म कम गर्न सकिन्छ कि भनेर हामी प्रविधिको प्रयोगमा समेत जोड दिँदै आएका छौं । सरलरूपमा सम्पन्न गर्न सकिने प्रक्रियालाई समेत एकदमै जटिल बनाइएको छ । जनतालाई छिटो छरितो सेवा कसरी दिन सकिन्छ भनेर म लागिरहेको छु तर पनि चाहेअनुसार गर्न सकिएको छैन । यहाँको कु–शासनको चक्रविरुद्घ मेरो पहल जारी छ तर कहिले काँही आफै यो चक्रमा पसिन्छ कि भन्ने डर लागिरहन्छ । कसरी यो प्रक्रियालाई सहज बनाउने भनेर विभिन्न कार्यविधि बनाउने, प्रविधिको प्रयोग गर्ने र कार्यसम्पादन प्रक्रिया निर्माण गर्ने तथा जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउने कुरामा हामी लागिरहेका छौं । सेवाप्रवाहमा हिंँजो जुन प्रकारको मानसिकता थियो त्यो परिवर्तन गर्नका लागि केही समस्या भए पनि आशा गर्दछौं यो विस्तारै परिवर्तन हुनेछ ।

यहाँहरूले यो अवधिमा विभिन्न चुनौतीको सामना गर्नुभयो, आगामी दिनमा समेत कोभिडको चुनौती जारी रहने देखिन्छ, यस परिस्थितिमा आगामी डेढ वर्षमा विकास निर्माणका कामलाई कसरी निरन्तरता दिनुहुन्छ ?

हो, हाम्रो कार्यकाल करिब डेढ वर्ष बाँकी छ तर यो समयमा कोभिड हामीसँंगै रहने निश्चित छ । अहिले पनि कोभिड संक्रमितको संख्या बढिरहेको छ । तर यो परिस्थितिमा पनि हामीसँंग अगाडि बढ्नुको विकल्प छैन । हामीलाई कोभिडको समयमा बाटोको टेण्डर गरेर गेट बनाउन लागे भनेर आलोचना गर्ने गरिन्छ तर कोभिडको नाममा विकास निर्माणकार्य ठप्प पार्न सकिंँदैन । कोभिड नियन्त्रण गर्ने तथा सचेतना जगाउँदै सुरु गरेका परियोजना सम्पन्न गर्ने, सुशासन तथा संरचनात्मक सुधार गर्ने हिसाबले अगाडि बढिरहेका छौं । कोभिडबाट धेरै नडराइकन आवश्यक सजगता अपनाउँदै हामी आफ्नो लक्ष्यमा अगाडि बढ्ने तथा विभिन्न गतिविधिलाई निरन्तरता दिइरहेका छौं । आमनागरिकलाई समेत म यसबाट धेरै चिन्तित नबनी आवश्यक सजगता अपनाउँदै आवश्यक सेवा तथा कार्य सञ्चालनका लागि अनुरोध गर्न चाहान्छु । यसका साथै कन्ट्रयाक्ट ट्रेसिङ, महामारी नियन्त्रण तथा जनचेतनाका क्रियाकलापसमेत निरन्तर रूपमा सञ्चालन गरिनेछन् ।

यो अवधिमा यहाँहरूले भोग्नुभएका मुख्य चुनौती के के हुन् ?

तीन तहको सरकारको सहअस्तित्वता सहकार्यका आधारमा अगाडि बढ्नुपर्दछ । केन्द्रीय सरकारले नीतिनिर्माण तथा क्षमता अभिवृद्घिमा सहयोग गर्नुपर्नेमा त्यो गर्न सकिरहेको छैन । स्थानीय तहको योजनामा केन्द्रीय सरकारले सहयोग गर्नुपर्दछ तर स्थानीयस्तरमा भ्रष्टाचारमात्र भइरहेको छ भन्नेजस्ता अभिव्यक्ति सुनिन्छ । केही व्यक्तिले अनियमितता गरेमा उनीहरूलाई कारबाही गरिनुपर्दछ सबैलाई एकै हिसाबले हेरिनु हुँदैन । प्रदेश सरकार अलमलिएको छ उसको कामका बारेमा स्पष्टता नभएकाले कहिलेकाँही स्थानीय सरकारसँंग प्रतिस्पर्धा गरिरहेको जस्तो देखिन्छ यस्तो गर्नु हुँदैन । प्रदेश सरकारले प्रदेशस्तरीय योजनामा ध्यान दिनुपर्दछ । स्थानीय तहले आन्तरिक स्रोत वृद्घि गर्दै जनतालाई सुशासन कसरी दिन सकिन्छ भनेर अगाडि बढ्ने हो । माथिल्ला दुई सरकारले सहयोग गर्ने हो भने अझ प्रभावकारी ढंगले अगाडि बढ्न सकिन्छ । टोलटोलमा सरकार पुगेको छ यसका काम कारबाही कसरी प्रभावकारी गराउने भनेर बहस गरिनुपर्दछ । केही विकृति भएमा आगामी दिनमा सुधार हुनेछ र आगामी निर्वाचनपछि स्थानीय सरकारको प्रभावकारिता अभैm बढ्नेछ ।

नगरको बिकासको लागि जनसहभागीता कसरी सुनिश्चित गर्नुहुन्छ ?

समुदायको सहभागितामा कसरी प्रभावकारी ढंगले अगाडि बढ्न सकिन्छ र समुदायलाई अझ बढी जिम्मेवार बनाउन सकिन्छ भनेर हामीले योजना बनाइरहेका छौं । अहिलेको सार्वजनिक खरिद प्रक्रिया त्रुटिपूर्ण छ, जसलाई सुधार गर्न जरुरी देखिन्छ । नागरिकले समेत सबै कुराको सिकायत गर्नुभन्दा कसरी सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सकिन्छ भनेर लाग्नुपर्दछ र यस्ता संरचनाको दिगोपनका लागि नागरिक, व्यापारी, व्यवसायी सबैलाई कसरी जिम्मेवार बनाउने भनेर आचारसंहिता निर्माण गरेका छौं । आगामी दिनमा नागरिक सचेतना अभियान चलाउने पहल गरिरहेका छौं । यसरी सार्वजनिक संरचनाको दिगोपनका लागि विभिन्न पक्षसँंग मिलेर अगाडि बढ्न खोजिरहेका छौं । उपभोक्ताले बनाएका संरचनासमेत कमशल बन्नु अत्यन्त दुःखद पक्ष हो । सार्वजनिक संरचनालाई आयआर्जनसँंग जोडेर यसको दिगोपनको सुनिश्चितता गर्नका लागि कार्यविधि बनाएर अगाडि बढिरहेका छौं । हाम्रो देशमा यस्ता कार्यमा जनताको सहभागिता जुटाउने विधि नभएको परिप्रेक्ष्यमा हामी यसका लागि पहल गर्दैछौं । यो नयाँ काम भएकाले केही समय लागे पनि हामी त्यो दिशामा अगाडि बढिरहेका छौं । हामी आफ्नो गन्तव्यका बारेमा प्रष्ट छौं त्यसैले केही समय लागे पनि हामी त्यो लक्ष्यमा अवश्य पुग्नेछौं ।

अन्त्यमा नगरवासीलाई के भन्न चाहानु हुन्छ ?

अहिले वर्षाका कारण बाढीपहिरो आइरहेको छ, चाडपर्वसमेत नजिकिएका छन् । तर योसँंगै कोभिडको प्रकोप पनि बढ्दो छ यो समयमा हामी सबै सचेत बन्न जरुरी छ । स्थानीय सरकार सधै तपाईंसँंगै रहेको छ र हामी जतिबेला पनि सहयोग गर्न तयार छौं । केही समस्या भएमा हामीलाई सम्पर्क गर्नुहोला । तपार्इं हामी मिलेर नै हामी हाम्रो लक्ष्यमा पुग्न सक्नेछौं त्यसैले यो कष्टकर अवस्थामा तपार्इंको साथ र सहयोग आवश्यक छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter