• Friday, May 30, 2025

मुख्यसचिवमा बैरागी, राजदूतमा खतिवडा र रेग्मी सिफारिस; अनशन फिर्ता लिएर सहयोग गर्न डा. केसीलाई आग्रह

काठमाडौं, असोज १५ गते । सरकारले मुख्य सचिवमा शंकर बैरागीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै, अमेरिकाका लागि नेपाली राजदूतमा डा. युवराज खतिवडाको नाम सिफारिस गरेको छ भने बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीको नाम सिफारिस गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताउनुभयाे ।

बैरागी हाल परराष्ट्र सचिव हुनुहुन्छ भने लाेकदर्शन रेग्मी मुख्यसचिव हुनुहुन्छ । त्यस्तै डा. खतिवडा केही समय पहिलासम्म अर्थमन्त्री रहनुभएकाे थियाे ।

अनशन फिर्ता लिएर सहयोग गर्न डा. केसीलाई आग्रह, लोकसेवाका परीक्षा सञ्चालन गर्ने स्वीकृति

परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले डा. गोविन्द केसीलाई अनसन फिर्ता लिई कारोनाविरुद्धको साझा लडाईंमा सक्रिय हुन आग्रह गर्नुभएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्नेक्रममा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले सो आग्रह गर्नुभएकाे हाे ।

डा. केसी अहिले शिक्षण अस्पतालमा अनसनरत हुनुहुन्छ । उहाँले उठाएको माग सम्बोधन भएर कार्यान्वयनमा गइसकेकाले अब अनसन र हड्तालको कुनै आवश्यकता नभएको बताउनुहुँदै मन्त्री ज्ञवालीले भन्नुभयो, “अहिले देश संकटमा छ, असामान्य अवस्थामा अनसन, धर्ना, हडताल सुहाउने बेला होइन । अनसन फिर्ता लिई कोभिड १९ विरुद्धको साझा लडाईंमा सहभागी होऔं ।”

डा. केसीले उठाएको मागअनुसार सात वटै प्रदेशमा मेडिकल कलेजको स्थापना भई कार्यान्वयनको चरणमा रहेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । त्यस्तै, चिकित्सा शिक्षा सम्बन्धी ऐन निर्माण भएको, उच्चस्तरीय आयोग गठन भई कार्यान्वयनको चरणमा रहेको, त्यसको नियमावली समेत बनिसकेको उहाँले बताउनुभयो । ७५ प्रतिशत छात्रबृत्तिको माग पनि कार्यान्वयनमा गैसकेको उहाँले जानकारी दिनुभयो ।

सोहीअनसार कोरोना विरुद्धको लडाईं जारी रहेकाले सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने प्रवक्ता ज्ञवालीले आग्रह गर्नुभयो । कार्यथलोमा काम गर्दा सुरक्षाका आवश्यक प्रबन्ध कडाईका साथ पालना गर्न उहाँले सबैमा आग्रह पनि गर्नुभयो । कोरोनाबाट मृत्यु भएको संख्या पाँचसय नाघेको अवस्थामा सबैजना सचेत हुनुपर्ने उहाँले जाेड दिनुभयो ।

प्रवक्ता ज्ञवालीकाअनुसार मदन भण्डारी औद्योगिक विश्व विद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति शिक्षा मन्त्रालयलाई दिइएको छ । त्यस्तै, संघीय तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार यसअघि विज्ञापन भइसकेको तर परीक्षा हुन नसकेका लोकसेवा आयोगका परीक्षा सञ्चालन गर्ने स्वीकृति लोकसेवा आयोगलाई दिने निर्णय गरिएको पनि उहाँले जानकारी दिनुभयो । कोरोनाका कारण गत वैशाखमा परीक्षा स्थगन गरिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter