• Friday, June 13, 2025

चार हजार ४९९ थपिए, सङ्क्रमित एक लाख ५३ हजार आठ पुग्यो

काठमाडौं, कात्तिक ७ गते । नेपालमा कोरोना भाइरसका चार हजार ४९९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १६ हजार ८६४ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १६ हजार ८६४ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा चार हजार ४९९ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ५३ हजार आठ पुगेको छ । हाल ४६ ह्जार ६९१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ६८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख पाँच हजार ४८८ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ ।

काठमाडौं उपत्यकामा दुई हजार ७२० मा सङ्क्रमणको पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका दुई हजार ७२० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो चौबीस घण्टामा दुई हजार ७२० जना सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयले उपत्यकाका तीन जिल्लामा एक हजार ९२ महिला र एक हजार ६२८ जना पहिचान गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि चार हजार ४९९ जना सङ्क्रमित थपिएका छन् । १६ हजार ८६४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा हाल २४ हजार १३५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उपत्यकाका तीन जिल्लामा हालसम्म ४२ हजार ४२५ जना निको भएका छन् । उपत्यकामा कोरोना सङ्क्रमणबाट हालसम्म २९३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा दुई हजार ६८८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख पाँच हजार सङ्क्रमित निको भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter