• Wednesday, June 11, 2025

दुई हजार ८५६ थपिए, सङ्क्रमित एक लाख ५८ हजार ८९ पुग्यो

काठमाडौं, कात्तिक ९ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ८५६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ८५६ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ५८ हजार ८९ पुगेको छ । हाल ४५ ह्जार ५७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार ३३६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख ११ हजार ६७० सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको छ ।

काठमाडौं उपत्यकामा एक हजार ५३५ मा सङ्क्रमण पुष्टि

काठमाडौं, कात्तिक ९ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ५३५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो चौबीस घण्टामा एक हजार ५३५ जना सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयले उपत्यकाका तीन जिल्लामा ९०६ पुरुष, र ६२९ महिला पहिचान गरिएको जनाएको छ । काठमाडौंमा अघिल्लो दिनको तुलनामा करिब ४२५ जना थप ब्यक्तिमा सङ्क्रमणको पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार ८५६ जना सङ्क्रमित थपिएका छन् । १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा हाल २३ हजार ७५० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उपत्यकाका तीन जिल्लामा हालसम्म ४५ हजार ४४५ जना निको भएका छन् । उपत्यकामा कोरोना सङ्क्रमणबाट हालसम्म ३०३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि पाँच जनाको सङ्क्रमणबाट मृत्यु भएकोमा दुईजना काठमाडौं उपत्यकाका छन् ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ३२६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख ११ हजार ६७० सङ्क्रमित निको भएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter