• Friday, June 13, 2025

एक हजार ७४१ थपिए, चार हजार पाँच सङ्क्रमणमुक्त

काठमाडौं, कात्तिक १० गते । नेपालमा कोरोनाभाइरसका एक हजार ७४१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार छ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार छ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७४१ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ५९ हजार ८३० पुगेको छ । हाल ४३ ह्जार २९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा चार हजार पाँच जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख १५ हजार ६७५ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १५ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।

काठमाडौं उपत्यकामा ८९४ मा सङ्क्रमणको पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ८९४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो चौबीस घण्टामा ८९४ जना सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयले उपत्यकाका तीन जिल्लामा ५१५ पुरुष, र ३८० महिला सङ्क्रमितको पहिचान गरिएको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter