• Saturday, June 14, 2025

घरमै सीमित भयो दशैंको टीका र जमरा ग्रहण

धीरेन्द्रप्रसाद साह / राजविराज, कात्तिक १० गते । हिन्दु धर्मालम्बीको महान पर्व विजयादशमी सोमबार ठूलो मान्यजनबाट जमरा लगाएर टीका ग्रहण गरेका छन । कोरोना भाइरस संक्रमणको महामारीको कारण यस वर्षको टिका लगाउने कार्यक्रम घरमै सीमित भएको छ ।

घरमा भएका ठूलो मान्यजनबाट आशिषसाथ जमरा र टीका ग्रहण गरेका छन । व्यक्तिगत, पेशागत एवं पारिवारिक सुख, शान्ति एवं समृद्धि हुने विश्वासका साथ जमरा र टीका लगाएका हुन । बिहान नुहाईधुवाई गरी नयाँ वा सफा लुगामा टीका र जमरा लगाएका छन । आफन्तजनसँगै केहीले मन्दिरमा पनि टीका र जमरा ग्रहण गरेको छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश महानन्द ठाकुरले बताउनुभयो ।

केहीले जिल्लाको छिन्नमस्ता, कंकालिनी, भगवती मन्दिर सहितमा पुरोहितबाट टीका र जमरा थापेका छन । घटस्थापनाका दिन राखिएको जमरा काटेर मन्दिरका पुजारीहरुले बिहान शुभ साइतमा विधिवत पूजापाठ गरी सर्वसाधारणलाई टीका र जमरा प्रदान गरेको छ । पण्डितबाट जमरा र टिका लगाए वापत सर्वसाधारणले आफुखशी पुजारीलाई दक्षिणा दिएका छन भने आफन्तले जमरा टीकासाथ दक्षिणा (सगुन) पनि दिएर आशीर्वाद प्रदान गरेको छ ।

नीलकण्ठको दर्शन

विजयादशमीका दिन सोमबार बिहान नीलकण्ठ चराको दर्शन गर्न शुभ मानिने चलन पनि छ । एकाबिहानै नीलकण्ठ चराको खोजी गरेर दर्शन पनि गरेका छन । भगवान शिवको प्रतीकको रुपमा मानेर नीलकण्ठलाई दर्शन गरिन्छ । विजयादशमीका दिन नीलकण्ठ चराको दर्शन गरिएमा वर्षभरी शुभ रहनुको साथै सम्पूर्ण मनोरथ पूरा हुने जनविश्वास छ ।

नवरात्रीको दिन आदिशक्तिको उपबासपछि यस चराको दर्शनले भगवान शिवको रूपको प्रतीकात्मक दर्शन हुने बुझाइ रहेको छ । धर्म संस्कृति अनुसार भगवान शंकरलाई नीलकण्ठ पनि भने गरिन्छ ।

भगवान श्रीरामले नीलकण्ठको दर्शन गरेर रावणको बध गरिएको पौराणिक कथामा उल्लेख गरिएको छ । लंका विजयीपछि भगवान ब्राह्मण हत्याका पापलाई रामले लक्ष्मणसँगै मिलेर भगवान शिवको पूजा अर्चना गरेर सो पापबाटमुक्ती पाएको भनिएको छ । त्यसपछि भगवान शिव नीलकण्ठ चराको रूपमा पृथ्वीमा आएको र नीलकण्ठ भगवान शिवकै रुप भएको मानिने गरेको छ ।

स्वास्थ्यकर्मीले अस्पतालमै लगाइदिए संक्रमितलाई दसैँको टीका

विजयादशमीको दिनमा सबैले आ-आफ्नो घरमा रमाइलो गरेर दसैँ मनाईरहेको बेला संक्रमित भएर भेरी अस्पतालमा भर्ना भएकाहरुले पनि त्यही भित्रै टीका लगाएर दसैं मनाएका छन् । सोमवार दसैंको दिनमा पनि संक्रमितको सेवामा खटिनुभएका भेरी विशेष कोराना अस्पतालका स्वास्थ्यकर्मीहरुले संक्रमितहरुलाई टीका लगाएर शुभकामना दिंदै दसैं मनाएको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले संक्रमितको उपचारमा खटिनुभएका स्वास्थ्यकर्मीहरुले सबै संक्रमितलाई टीका लगाएर प्रसाद वितरण गरी दसैं मनाएको बताउनुभयो ।

संक्रमित भएर त्यहाँ उपचार गराइरहनुभएका भेरी अस्पतालका बायोमेडिकल टेक्निसियन नविन चन्द ठकुरीले संक्रमितको उपचार सेवामा दिनरात खटिनुभएका कोभिड इन्चार्ज सम्झना मण्डल, स्टाफ नर्सहरु यम कुमारी थापा, कमला नेपाली र देवा जिसीले सबै संक्रमितलाई टिका लगाउनुभएको बताउनुभयो ।

उहाँले स्वास्थ्यकर्मीहरुले टीका लगाएपछि आफन्त र घर परिवार नहुँदा निराश भएकाहरुलाई धेरै राहात मिलेको बताउनुभयो ।

आफ्नो ज्यानको परवाह नगरि दिनरात संक्रमितको सेवा गर्ने स्वास्थ्यकर्मीहरुले टीका लगाएपछि धेरै खुशी लागेको एक संक्रमितले बताउनुभयो । उहाँले एक्कासि टीका लगाउन स्वास्थ्यकर्मीहरु आएपछि दुखी भएर बसेका सबै संक्रमितको अनुहारमा उज्यालो र मुस्कान देखिएको बताउनुभयो ।

अस्पतालका बायोमेडिकल टेक्निसियन ठकुरीका अनुसार हाल भेरी विशेष कोराना अस्पतालमा ८ जना स्टाफसहित ४५ जना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये आठ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

उपचाररत संक्रमितको मनोबल उच्च पार्नका लागि आफूहरुले उपचार सेवा लगायत सबै प्रकारका गतिविधि पनि निरन्तर गरिरहेको कोभिड इन्चार्ज सम्झना मण्डलले बताउनुभयो ।

उहाँले उच्च मनोबल राखेर कोरोनासँग लड्ने हो भने जित्न सजिलो रहेको जनाउँदै सबैलाई मनोबल उच्च राख्न आग्रह गर्नुभएको छ ।

बाँकेमा हालसम्म कोरोनाबाट संक्रमितको संख्या दुई हजार ९९० पुगेको छ भने ३० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ । अझै पनि ३३८ जना विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत भर्ना रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter