• Wednesday, June 11, 2025

५७० थपिए, तीन हजार १६८ सङ्क्रमणमुक्त

काठमाडौं, कात्तिक ११ गते। नेपालमा पछिल्लो करिब दुई महिना यताकै सबैभन्दा कम कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा मात्र ५७० जना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दुई हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५७० जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ६० हजार ४०० पुगेको छ । हाल ४० ह्जार ६८१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार १६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख १८ हजार ८४३ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ ।

काठमाडौं उपत्यकामा भदौ महिना यताकै सबैभन्दा कम सङ्क्रमित

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २५२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो चौबीस घण्टामा २५२ जना सङ्क्रमित थपिएका हुन् । विगत्को अपेक्षा उपत्यकामा थोरै मात्रामा स्वाब परीक्षण गरिएकोले कम सङ्क्रमित पहिचान गरिएको हुनसक्ने आँकलन गरिएको छ । कात्तिक ११ गते थपिएको संक्रमितभन्दा कम भदौ १४ गते काठमाडौं उपत्यकामा १८६ जना संक्रमितको पहिचान गरिएको थियो । त्यसयता काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा संक्रमित हुने बढ्दै गएको थियो।

मन्त्रालयले उपत्यकाका तीन जिल्लामा १५५ पुरुष र ९७ महिला सङ्क्रमितको पहिचान गरिएको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter