• Friday, June 13, 2025

एक हजार ९५४ थपिए, दुई हजार ९८१ सङ्क्रमणमुक्त

काठमाडौं, कात्तिक १२ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ९५४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ९५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा आठ हजार २४८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९५४ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ६२ हजार ३५४ पुगेको छ । हाल ३९ ह्जार ६४३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ९८१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख २१ हजार ८२४ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ ।

काठमाडौं उपत्यकामा ८४३ मा सङ्क्रमणको पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ८४३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा ८४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैं बिदापछि नियमित प्रेस ब्रिफिङ्को क्रममा काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जना सङ्क्रमितको पहिचान गरिएको जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter