भारतीय सेनाध्यक्ष नरवणे कात्तिक १९ गते नेपाल आउँदै

काठमाडौं, कात्तिक ११ गते । नेपाली सेनाले भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणेको नेपाल भ्रमणको तालिका सार्वजनिक गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले भारतीय सेनाध्यक्ष नरवणे कात्तिक १९ गते नेपाल आउनुहुने जनाएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे चार सदस्यीय भ्रमण दलका साथ नेपाल आउनुहुने निर्देशनालयले एक विज्ञप्ति जारी गरी उल्लेख गरेको छ । तीन दिवसीय भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर सैनिक स्मारकमा श्रद्धाञ्जली अपर्ण गरेपछि जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी महारथी थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणकै क्रममा नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोह बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुने नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले उल्लेख गरेको छ । भ्रमणकै क्रममा उहाँले प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ । भारतीय सेनाध्यक्ष कात्तिक २१ गते स्वदेश फर्किनुहुनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter