• Thursday, June 12, 2025

ट्राफिक अनलाइन सेवा प्रभावकारी

काठमाडौँ, कात्तिक १२ गते। महानगरीय ट्राफिक प्रहरी महाशाखाले अघिल्लो महिनाबाट सञ्चालनमा ल्याएको अनलाइन सेवा प्रभावकारी देखिएको छ । घरबाटै सेवा लिन सेवाग्राहीहरु अभ्यस्त हुन थालेका छन् । एक महिनामा दुई हजार ५०० बढीले अनलाइनबाटै सेवा प्राप्त गरिसकेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

सवारीसाधान र त्यसका कागजातको सिफारिसका लागि महाशाखा धाउनुपर्ने बाध्यता हटाउँदै सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यले महाशाखाले गत असोज ५ गतेदेखि घरबाटै अनलाइन फाराम भरेर सेवा लिन पाउने व्यवस्था मिलाएको थियो । प्रमुख ढकालका अनुसार हराएको लाईसेन्स, विलबुक र अनुमितको लागि धेरै दिन लगाएर सेवाग्राहीले ट्राफिक प्रहरी कार्यालयबाट सेवा लिने गरेका थिए । दैनिक दुई सयको हाराहारीमा सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेकोमा हालसम्म अनलाइनमार्फत एक हजार ३८४ जनाले लाइसेन्स, एक हजार ६९ जनाले विलवुक र ४७ जनाले परमिट हराएको भनेर अनलाइनमार्फत निवेदन दर्ता गराएका माहशाखाले जनाएको छ ।

त्यसमध्ये एक हजार ७१० जनालाई अनलाइनबाटै सिफारिस दिइएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकरी दिनुभयो । उहाँका अनुसार वाग्मती प्रदेशबाहेक अन्य प्रदेशमा दर्ता भएका तथा पूर्ण विवरण नभरेको, दोहोरो निवेदन दिएका ७९० निवेदन फिर्ता गरिएको छ । महाशाखाले असोज १८ बाट हराएका सवारी साधनको निवेदन र सिफारिस पनि अनलाइनबाटै दिने व्यवस्था मिलाएको छ । अनलाइनबाट दुबै सेवा लिन महाशाखाको वेभसाइट ट्राफिक डट नेपालपुलिस डट जीओभी डट एनपी मा गएर अनलाइन एप्लिकेशनमा क्लिक गर्नुपर्ने छ । त्यसभित्र ‘लस्ट डकुमेन्ट एप्लिकेशन’ र ‘लस्ट भेइकल एप्लिकेशन’ गरी दुई वटा अप्सनमा गएर आफ्नो समस्या अनुसारको निवेदन दिन सकिने छ ।

उपत्यकामा ट्राफिक व्यवस्थापन सम्बन्धी अन्य सेवालाई समेत प्रविधिमैत्री बनाउन थालिएको छ । सोही अभियान अन्तरगत विगत नौ वर्षदेखि बिग्रिएर बसेको यहाँको २४ स्थानका ट्राफिक बत्ती सञ्चालनमा छ । यस्तै सर्भिलेन्स भेइकल्स, राडर गन, बे्रथलाइजरकोसमेत अधिकतम उपयोग गरी ट्राफिक नियम उल्लङ्घन विरुद्धसमेत कारवाही चलाइएको महाशाखाले जनाएको छ । सिसी क्यामरालाई अधिकतम प्रयोग गर्दै कारवाही तिब्र पारिएको महाशाखाले जनाएको छ । ‘ट्राफिक कम्युनिकेसन एप्स’को प्रयोग गरी सवारी साधन व्यवस्थापनलाई चुस्त बनाउने प्रयासमा महाशाखा रहेको छ । उक्त एप्समार्फत सवारी दुर्घटना न्यूनिकरण तथा सुरक्षित यात्राका लागि आवश्यक निगरानी गर्ने गरिएको छ ।

महाशाखाले ‘स्मार्ट कार्ड रिडर मेसिन’ को प्रयोग गरी सवारी चालक अनुमतिपत्रको पनि जाँच गरिरहेको छ । महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउन र ट्राफिक नियम उल्लङ्घन गरेबापतको कसुरमा कारवाहीको लागि खिचिएका कागजपत्रको अभिलेख व्यवस्थापनमा ‘ट्राफिक भाइलेन्स रेकर्ड सिष्टम’ गत फागुनबाटै प्रयोगमा ल्याइएको छ । यस्तै दुर्घटनासम्बन्धी सूचना व्यवस्थापन प्रणालीको समेत उपयोग भइरहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter