• Wednesday, June 11, 2025

तातोपानी नाका पुनःसुचारु आज एक कन्टेनर सामान भित्रियो

विदुर आचार्य, चौतारा, कात्तिक १३ गते । पटक पटकको अनेकन अवरोधपछि बिहीबारवाट नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । औपचारिक रुपमा बुधबारदेखि सुरु भनिए पनि बिहीबार एक कन्टेनर सामग्रीसहित नाका सुचारु भएको हो । लामो समय बन्द रहेको तातोपानी नाका पछिल्लो पटक असोज १९ गते सञ्चालनमा आएको थियो । सामान आयात गर्ने केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक दिन सञ्चालनपश्चात् बन्द रहेको नाका शुक्रबारवाट थप सामाग्री आयात हुने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारि दिनुभयो ।

जुरे पहिरो र बिनाशकारी भूकम्पपछि ठप्प रहेको नाका केही महिना सञ्चालनपश्चात गत माघमा बन्द भएको थियो । चीनको वुहान प्रान्तमा कोरोना संक्रमण फैलिएको भन्दै चीनले सामाग्री निर्यात रोकेपछि गत माघ वाट चैत्र २६ सम्म वन्द रहेको नाका चैत्र २७ वाट पुनः सुचारु भएको थियो ।

वर्षाद सुरु भएयता भोटेकोशी नदीमा आएको बाढीले अरनिको राजमार्ग क्षतिग्रस्त भएपछि बन्द रहेको नाका सुचारु गर्न गत साता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहितले स्थलगत अनुगमन गरी नाका सञ्चालनको पहल गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारि दिनुभयो । ‘नाकावाट सामग्री आयात सुरु भैसकेको छ’, प्रजिअ ढकालले भन्नुभयो, ‘सडक विभागले सडक मर्मत तत्काल सुरु गर्ने र कहिँ कतै समस्या भएमा तत्काल निर्माणार्थ मेसिन, औजार तयारी अवस्थामा राख्ने जनाएको छ ।’

पटक पटकको दुई देशबीचको छलफलवाट स्वास्थ्य मापदण्ड पूरा गर्ने समझदारी अनुसार सामग्री र कन्टेनर भीत्रने प्रमुख खत्रीले वताउनुभयो । नेपाल ल्याईने सामग्री चिनियाँ पक्षले नेपाल चीन जोड्ने मितेरी पुलसम्म ल्याउने र सो सामाग्री भन्सार कार्यालयको सुख्खा बन्दरगाहमा कम्तिमा एक दिन राखेर राजधानी पठाईने ब्यवस्था भन्सार कार्यालयले गरेको जनाएको छ । ‘नेपाल भित्रिएका सामाग्री आईसोलेशनमा राखेको एक दिन पछि मात्र जाँचपासको लागि तयार हुनेछ’, भन्सार प्रमुख खत्रीले भन्नुभयो, ‘चीनियाँ पक्षले नेपालको सीमाना सम्म सामग्री ल्याईदिने र स्वस्थ्य मापदण्ड पालना गरी सामाग्री जाँचपास हुने ब्यवस्था मिलाएका छौ ।’

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter