दुई हजार ९३३ सङ्क्रमित थपिए, कुल एक लाख ७६ हजार पाँचसय

काठमाडौं, कात्तिक १७ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ९३३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ९३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ४४६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ७६ हजार पाँचसय पुगेको छ । हाल ३७ हजार ५२४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार १५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ३७ हजार ९९२ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा २४ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।

उपत्यकामा कोरोना भाइरसका एक हजार ६३० जना सङ्क्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका एक हजार ६३० जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ४४६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी प्रेस ब्रिफिङ्को क्रममा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ६३० जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ ।

मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ७०२ जना महिला र ९२८ जना पुरूष छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter