एक हजार ९४६ थपिए, दुई हजार ५०३ सङ्क्रमणमुक्त

काठमाडौं, कात्तिक २९ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ९४६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ९४६ जना सङ्क्रमित थपिएको र दुई हजार ५०३ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख आठ हजार २९९ पुगेको जनाएको छ । हाल ३६ हजार ४५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म एक लाख ७० हजार ६३२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालसम्म १६ लाख दुई हजार ६०३ जनाको आरटीपीसीआर परीक्षण गरेको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा करिब दश हजार जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा १३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २१५ पुगेको छ ।

उपत्यकामा विगत २४ घण्टामा ८३५ जनामा सङ्क्रमण

उपत्यकामा विगत २४ घण्टामा ८३५ सङ्क्रमण देखिएको छ । तीमध्ये ३७९ महिला र ४५६ जना पुरुष रहेका रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । अहिलेसम्म उपचार गराइरहेका सङ्क्रमितमध्ये ३७६ जना सघन उपचार कक्ष (आइसियु) र ७४ जनाको भेन्टिलेटरमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter