एक हजार ४७७ जना सङ्क्रमित थपिए, कुल दुई लाख नौ हजार ७७६

काठमाडौं, कात्तिक ३० गते । नेपालमा कोरोना भाइरसका एक हजार ४७७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ४७७ जना सङ्क्रमित थपिएको र दुई हजार ७९८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख नौ हजार ७७६ पुगेको जनाएको छ । हाल ३५ हजार १२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म एक लाख ७३ हजार ४३० जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २२१ पुगेको छ ।

उपत्यकामा ८०७ मा सङ्क्रमणको पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ८०७ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ४७६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ८०७ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयले थपिएका सङ्क्रमितमध्ये ३५२ जना महिला र ४५५ जना पुरुष रहेको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि एक हजार ४७७ सङ्क्रमित थपिएका छन् । दुई हजार ७९८ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मन्त्रालयका अनुसार हाल काठमाडौंमा १५ हजार २३७, ललितपुरमा दुई हजार ३१५ र भक्तपुरमा एक हजार २५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । काठमाडाँैंमा हालसम्म २९९, ललितपुरमा ८४ र भक्तपुरमा ७६ जनाको मृत्यु भएको छ । काठमाडौंमा हाल ११ हजार ३२८, ललितपुरमा एक हजार ९५९ र भक्तपुरमा एक हजार २८ जना होम आइसोलेशनमा छन् ।

मन्त्रालयले काठमाडौंमा ६२ हजार ७४१, ललितपुरमा आठ हजार ८९६ र भक्तपुरमा पाँच हजार ७५८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter