पर्यटनमन्त्रीद्वारा पर्यटन सूचना केन्द्रको उद्घाटन

सन्तोष राउत / सोलुखुम्बु, कात्तिक ३० गते । सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकास्थित लुक्लामा निर्माण गरिएको पर्यटन सूचना केन्द्रको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराइले उद्धघाटन गर्नुभएको छ ।

पर्यटन विभागको भ्याटसहित तीन करोड ६३ लाख एक हजार ९५० रुपियाँको लागतमा निर्माण गरिएको भवन मन्त्री योगेश भट्टराईले उद्घाटन गरे पश्चात गाँउँपालिकालाई हस्तान्तरण गर्नुभएको छ ।

सूचना केन्द्रको रेखदेख लगायतका काम स्थानीय सरकारको स्वामित्वमा हुने छ । कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधि लगायत सरोकारवाला पक्षको उपस्थिति रहेको थियो ।

सो अवसरमा मन्त्री भट्टराईले तेन्जिङ हिलारी विमानस्थल स्थानीय सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

स्थानीय सरकारले माग गरेबमोजिम कागजी प्रक्रियामा रहेकाले चाँडै स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । आवश्यक नीति बनाएर मापदण्ड अनुसार स्थानीय सरकारलाई विमानस्थल सञ्चालनको जिम्मा दिइने स्पष्ट पार्नुभयो ।

कोरोना महामारीले पर्यटनक्षेत्र शिथिल बनेको समयमा कोरोना सुरक्षाका उपाय अपनाउदै पर्यटकलाई स्वागत गरिने उहाँको भनाइ छ । मन्त्री भट्टराईले पर्यटकीय पदमार्गमा पर्यटकका लागि शौचालयको व्यवस्थापन गरिने र नेपालको प्रमुख पर्यटकीय गन्तव्य खुम्बु भएकाले होटल सञ्चालक, गाईड र भरियालाई विषेश तालिम दिईने र तालिम विहीन गाईडलाई खुम्बुमा पयर्टक घुमाउन निषेध गर्ने भट्टराईको भनाइ छ ।

सरकारले पर्यटन क्षेत्र खुला गरेसँगै विदेशी पर्यटकहरुको आगमन बढ्दै गएको उहाँकोे दाबी छ । कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिं तामाङले स्थानीय सरकारको माग बमोजिम पर्यटकीय भौतिक पुर्वाधार निर्माण गर्दै थप भौतिक सरंचना निर्माण गरी नेपालको पर्यटन क्षेत्रलाई थप मजबुत बनाउने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter