दुई हजार ८७८ जना सङ्क्रमण मुक्त, ५०२ जना सङ्क्रमित थपिए

काठमाडौं, मंसिर २ गते । नेपालमा कोरोना भाइरसका ५०२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५०२ जना सङ्क्रमित थपिएको र दुई हजार ८७८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ११ हजार ९७३ पुगेको जनाएको छ । हाल ३० हजार ९८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म एक लाख ७९ हजार २४२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २४७ पुगेको छ ।

परीक्षण कम भएसँगै सङ्क्रमित घटे

राससका अनुसार पिसिआर परीक्षण कम भएसँगै कोरोना भाइरस सङ्क्रमित सङ्ख्या पनि कम देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ३ हजार ११२ जनाको पिसिआर परीक्षण गर्दा ५०२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये २०४ जना महिला र २९८ जना पुरुष रहेका छन् । सोमबार ४ हजार ८३२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १९७ जनामा सङ्क्रमण देखिएको थियो । नयाँ सङ्क्रमितसहित अहिलेसम्म २ लाख ११ हजार ४७५ जना कोरोना पोजेटिभ भएका छन् । यस्तै ३० हजार ९८६ सक्रिय सङ्क्रमित रहेका छन् । आज देखिएका सङ्क्रमितमध्ये ३३९ जना उपत्यकाका छन् । तिमध्ये १४६ जना महिला र १९३ जना पुरुष छन् । प्रदेश नं १ मा आठ, प्रदेश नं २ मा २७, वाग्मती प्रदेशमा ३८०, गण्डकीमा १८ लुम्बिनीमा ६७ र सुदूरपश्चिमा दुई जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै सङ्क्रमितमध्ये ३१८ जना सघन उपचार कक्ष (आइसियु)मा र ३८ जना भेन्टिलेटरमा उपचार भइरहेको छ । आइसियुमा प्रदेश नं १ मा ४३, प्रदेश नं २ मा १६, वाग्मती प्रदेशमा १०३, गण्डकी प्रदेशमा ७८, लुम्बिनी प्रदेशमा ६४, कर्णालीमा नौ र सुदूरपश्चिमा पाँच जना उपचाररत छन् । भेन्टिलेटरमा प्रदेश नं १ मा सात, प्रदेश नं २ मा दुई, वाग्मती प्रदेशमा ३३, गण्डकीमा दुई, लुम्बिनीमा चार र सुदूरपश्चिमा एक जना उपचाररत छन् । २,८७८ निको त्यस्तै आज २ हजार ८७८ जना सङ्क्रमित निको भई घर फर्किएका छन ।

अहिलेसम्म एक लाख ७९ हजार २४२ जना निको भई घर फर्किसकेका छन् । नेपालमा निको हुने दर ८४.८ प्रतिशत रहेको छ । १७ को निधन आज कोभिड–१९ को सङ्क्रमणबाट १७ जनाको निधन भएको छ । अहिलेसम्म एक हजार २४७ जनाको निधन भएको छ ।

यस्तै २८ हजार २०७ जना होम आइसोलेसन र एक हजार ३ जना क्वारेन्टिनमा छन् । शुन्य सङ्क्रमित भएको जिल्ला मनाङ छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलाली छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter