एक हजार ७९० जना सङ्क्रमित, संक्रमणमुक्त हुने दर ९१.४२ प्रतिशत

काठमाडौं, मङ्सिर ९ गते । नेपालमा कोरोना भाइरसका एक हजार ७९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ । योसँगै सक्रिय सङ्क्रमित संख्या १७ हजार ८५९ छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा दशहजार ८४३ वटा नमुनाको आरटी पीसीआरको परीक्षणमा सो संख्यामा संक्रमितहरु थपिएका हुन् । अहिलेसम्म १६ लाख ८१ हजार २९९ वटा आरटी पीसीआरको परीक्षण भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार ७९१ निको भएका छन् ।

निको हुनेको संख्या दुई लाख चार हजार ८५९ छ । नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९१.४२ प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा थप २४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३६१ पुगेको छ ।

काठमाडौं उपत्यकामा ९४७ मा सङ्क्रमणको पुष्टि

काठमाडौं उपत्यकामा कोरोना भाइरसका ९४७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ९४७ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ४१० महिला र ५३७ पुरुषमा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा १० हजार ८४३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । देशैभरि एक हजार ७९० जना नयाँ सङ्क्रमित पहिचान गरिएका छन् । दुई हजार ७९१ जना निको भएर घर फर्केका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा हाल सात हजार ७४४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकोमा ७६ हजार ४४२ जना निको भएका छन् । हालसम्म काठमाडौंमा ३३१ जना सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा एक हजार ५८९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकोमा दश हजार ८९७ जना निको भएको र ९१ जना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुरमा हाल ६०८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । ८७ जनाको मृत्यु भएको छ भने सात हजार ५८८ जना हालसम्म निको भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter