एक हजार ६१४ थपिए, सक्रिय सङ्क्रमित १६ हजार ७९३

काठमाडौं, मङ्सिर ११ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ६१४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २७ हजार ६४० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा नौ हजार ४९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ६१४ जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ । हाल १६ हजार ७९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म १७ लाख जनाको परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ४३७ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख नौ हजार ४३५ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ४१२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ६८० जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

काठमाडौं उपत्यकामा ७८५ मा सङ्क्रमणको पुष्टि

काठमाडौं उपत्यकामा कोरोना भाइरसका ७८५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ७८५ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ३३७ महिला र ४४८ पुरुषमा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा नौ हजार ४९१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । देशैभरि एक हजार ६१४ जना नयाँ सङ्क्रमित पहिचान गरिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ४३७ जना निको भएर घर फर्केका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा हाल सात हजार ६४४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकोमा ७७ हजार ७८९ जना निको भएका छन् । हालसम्म काठमाडौंमा ३३९ जना सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा एक हजार ४९४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकोमा ११ हजार २१४ जना निको भएको र ९६ जना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुरमा हाल ५८९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । ८९ जनाको मृत्यु भएको छ भने सात हजार ४८ जना हालसम्म निको भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter