पौरखी देवीको श्रीमानलाई खबर – ‘नेपालमै कमाउन सकिन्छ फर्किआउनु घर’

अमरराज नहर्की / तनहुँ, मङ्सिर १३ गते । व्यास नगरपालिका–१ भादगाउँ निवासी देवी थापामगरले बङ्गुरका पाठा, पाठी बेचेर राम्रो कमाइ हुन थालेपछि धन कमाउन विदेशिनुभएका आफ्नो श्रीमान्लाई घर बोलाउनुभएको छ ।

प्रति पाठापाठीको सात हजार पाँच सयमा विक्री गरी मासिक ६० देखि र ७० हजार रुपियाँ मुनाफा हुने गरेको देवीले बताउनुभयो । ‘धेरै परिमाणमा पाल्ने हो भने विक्रीमा कुनै समस्या नभएकाले स्वदेशमा नै मनग्य कमाउन सकिने भएकाले श्रीमान्लाई स्वदेशमा नै पसिना बगाउन भनको छु’ देवीले भन्नुभयो ।

देवीले ५२ लाखमा जमिन खरीद गरि ३० लाखको संरचना निर्माण गरी बङ्गुर पालन गरेको देवीले जानकारी दिनुभयो । श्रीमान्ले विदेशबाट पैसा पठाउन थालेपछि धेरै जसो महिला बजार बसेर पैसा खर्च गरेको देख्दा दुःख लाग्ने गरेको र स्वाबलम्बी बन्नको लागि महिलाले पनि व्यवसाय गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

श्रीमान् दुबई प्रहरीमा जागिरे हुनु भएको र आएपछि दुई जना मिलेर आम्दानीमा दोब्बर बनाउने योजना बनाएको उहाँले जानकारी दिनुभयो । वि.स.२०७१ साल देखि दोभान जैविक कृषि बङ्गुर फार्म दर्ता गरी बङ्गुरको माउ पाली बेच्न थाल्नु भएको हो । ४५ वटा माउ बङ्गुरबाट मासिक रुपमा ४० देखि ५० वटा पाठापाठी बेच्न थालेको उहाँले बताउनुभयो ।

पाठापाठी जन्मनुपूर्व नै बैना गर्न नाम लेखाउन फर्ममै कृषकहरु आउने गरेका छन् ’ देवीले भन्नुभयो । उक्त फर्म देवी एक्लैले सञ्चालन गर्नुभएको छ । नौ महिनामै बङगुर वयस्क हुने र तीन महिनामा नै बच्चा जन्माउने हुँदा छोटो समयमा नै आम्दानी लिन सकिने देवी बताउनुहुन्छ । पाठापाठी जन्मेको ४५ दिनभित्रमा विक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । एउटा बङ्गुरले एक बेतमा १० देखि १७ वटासम्म पाठापाठी जन्माउने गरेको देवी बताउनुहुन्छ । धेरै पाठापाठी पाएको बेला बढी नाफा हुने उहाँले जानकारी दिनुभयो ।

उक्त फर्ममा डयूरोडक, , ल्यण्डेस, पाख्रीबास जातका बङगुर छन् । नमुना कृषि फर्ममा परी गतवर्ष गण्डकी प्रदेश सरकारबाट दश लाख रुपियाँ अनुदान पाएको र थप १० लाख लगानी गरी २० लाख रुपियाँमा गोठ सुधार गरेको देवीले बताउनुभयो । फार्ममा मललाई खुला नराखी सेफ्टी ट्याङ्गी भित्र राख्ने गरिएको छ भने फोहोर खानेकुरा नखुवाउने गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter