• Tuesday, April 15, 2025

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबीच शिष्टाचार भेट; कोभिड- १९ विरुद्ध नेपाली सेनालाई सहयोग घोषणा गर्छाैं

काठमाडौं, मङ्सिर १४ गते । प्रधानमन्त्री केपी ओलीसँग नेपालकाे औपचािरक भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङले शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेपालको एकदिने भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेईले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गरेका हुन्।

चिनियाँ रक्षामन्त्रीले जंगी अड्डामा भने : कोभिड- १९ विरुद्ध नेपाली सेनालाई सहयोग घोषणा गर्छाैं

चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङले कोभिड– १९ विरुद्धको लडाइँका लागि नेपाली सेनालाई सहयोग प्याकेज घोषणा गर्ने वचनबद्धता व्यक्त गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग आइतबार जंगी अड्डामा भएको औपचारिक वार्तामा उनले नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास तथा विद्यार्थी आदानप्रदान कार्यक्रमसमेत सुचारु गर्ने वचन दिएका छन् ।

‘जनरल वेईले नेपाली सेनाको कोभिड– १९ महामारीविरुद्ध प्रतिकार्यको सहयोगका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ, तर यसबारे विस्तृतमा उहाँले भन्नुभएको छैन,’ सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले नयाँ पत्रिकासँग भने । उनका अनुसार कोभिड– १९ का कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदान सुचारु गर्ने, विगतमा भएका सैनिक सहायता प्राप्तिको कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो ।

परराष्ट्र र रक्षा मन्त्रालयका अधिकारीहरूसमेत सहभागी औपचारिक वार्तामा चिनियाँ रक्षामन्त्रीले यसका लागि उपयुक्त मोडालिटी बनाइनेसमेत आश्वासन दिएका छन् । ‘रक्षामन्त्री जनरल वेई र उहाँको प्रतिनिधिमण्डलले दुवै विषयलाई सकारात्मक रूपमा लिएको बताएका छन्,’ सैनिक प्रवक्ता पौडेलले भने, ‘विशेषगरी उच्चस्तरीय भ्रमणलगायत द्विपक्षीय सहयोगका कार्यहरू यथाशीघ्र सुचारु हुने आश्वासन उहाँले दिनुभएको छ । ’

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter