दुई हजार ९४६ परीक्षणमा १७१ जना सङ्क्रमित थपिए, २५९ सङ्क्रमणमुक्त

काठमाडौं, माघ २० गते । नेपालमा कोरोना भाइरसका एकसय ७१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार २८९जना पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा दुई हजार ९४६ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका एकसय ७१ सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ७८ हजार ९८ वटा पीसीआर परीक्षण भइसकेको छ ।

देशका विभिन्न अस्पतालबाट २५९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार ८५९ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.३७ मा उक्लेकाे छ ।

पछिल्लो चौबीस घण्टामा एकजना सङ्क्रमितकाे मृत्यु भएकाे मन्त्रालयले उल्लेख गरेको छ । याेसँगै अहिलेसम्म दुई हजार ३० जना सङ्क्रमितकाे मृत्यु भएकाे थियाे ।

हाल दुई हजार चारसय जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकाले आइसोलेशनमा बसेर उपचार भैरहेकाे छ । क्वारेन्टिनमा ९५ जना मात्र छन् ।

Related News

Comments are closed

TOP NEWSview all

SC bars CIAA from conducting Sting Operations

Seto Machhendranath chariot procession begins

FNCCI calls applications from Startups

Nepal beats Netherland By 9 wickets

19 injured on first day of Bisket Jatra




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter