• Saturday, June 14, 2025

तीन हजार ५५७ वटा परीक्षणमा १४२ सङ्क्रमित थपिए, २०६ सङ्क्रमणमुक्त

काठमाडौं, माघ २१ गते । नेपालमा कोरोना भाइरसका १४२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ४३१ जना पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका १४२ सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ८१ हजार ६६५ वटा पीसीआर परीक्षण भइसकेको छ ।

देशका विभिन्न अस्पतालबाट २०६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६७ हजार ६५ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.४ मा उक्लेकाे छ ।

हाल दुई हजार ३३५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकाले आइसोलेशनमा बसेर उपचार भैरहेकाे छ । क्वारेन्टिनमा ९५ जना मात्र छन् ।

पछिल्लो चौबीस घण्टामा एकजना सङ्क्रमितकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा दुई हजार ३१ जनाकाे मृत्यु भैसकेकाे छ ।

उपत्यकामा ५५ जनामा काेराेना भाइरस सङ्क्रमित

काठमाडाैंमा उपत्यकामा ५५ जनामा काेराेना भाइरस सङ्क्रमित फेला परेकाे छ । काठमाडाैंमा ४४, ललितपुमा ८ र भक्तपुरमा ३ जनामा फेला परेकाे हाे ।

पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले नेपालमा अहिलेसम्म एकलाख ३५ हजारभन्दा बढी व्यक्तिले खाेप लगाएकाे जनाउनुभयाे । लक्षित वर्गमा काेही छुटेमा चाँडै खाेप लगाउन पनि उहाँले आग्रह गर्नुभयाे ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter