१११ सङ्क्रमित निको भए, ८१ जना थपिए

काठमाडौं, माघ २९ गते । नेपालमा कोरोनाभाइरसका ८१ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १११ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक कोभिड विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ८१ जना सङ्क्रमित थपिएको र १११ जना सङ्क्रमित निको भएको जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७२ हजार ४३० जना सङ्क्रमित भएको र दुई लाख ६८ हजार ६६० जना निको भएका छन् । मन्त्रालयले २१ लाख सात हजार ६४९ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ ।

हाल एक हजार ७१८ जना आइसोलेशनमा छन् । ८७ जना क्वारेन्टिनमा छन् । कोभिड–१९ को सङ्क्रमणबाट पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । चौबीस घण्टामा थपिएका मृतकसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या दुई हजार ५२ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter