• Sunday, June 15, 2025

१३६ सङ्क्रमित निको भए, १२७ जना थपिए

काठमाडौं, माघ ३० गते । नेपालमा २४ घण्टामा कोरोनाभाइरसका १२७ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १३६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक कोभिड विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १२७ जना सङ्क्रमित थपिएको र १३६ जना सङ्क्रमित निको भएको जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७२ हजार ५५७ जना सङ्क्रमित भएको र दुई लाख ६८ हजार ७९६ जना निको भएका छन् । मन्त्रालयले २१ लाख एघार हजार ६४९ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ ।

हाल एक हजार ७०७ जना आइसोलेशनमा छन् । ७९ जना क्वारेन्टिनमा छन् । कोभिड–१९ को सङ्क्रमणबाट पछिल्लो चौबीस घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको छ ।

चौबीस घण्टामा थपिएका मृतकसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या दुई हजार ५४ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter