• Monday, June 09, 2025

बंगुरपालनबाट वार्षिक १० लाख कमाउँदै आले

अमरराज नहर्की / तनहुँ, माघ ३० गते । तनहुँका एक कृषकले बङ्गुरपालन व्यवसायबाट मनग्गे कमाउन सफल हुनु भएको छ । व्यास नगरपालिका–५ चापाघाट कृषक झलकबहादुर आले बङगुर पालेर लखपति बन्नुभएको छ ।

ऋषिङ गाउँपालिका–५ राम्जाकोटबाट वि.सं. २०६० सालमा दमौली झर्नुभएका आलेले बंगुरपालन व्यवसायलाई नमुना ढंगले पाल्दै आउनुभएको छ । बङ्गुर पालनका साथै आलेले सात वर्ष अघिदेखि मासु पसल सञ्चालन गर्नुभएको छ । बाइस लाखमा दश रोपनी जग्गा किनेर बङ्गुर पालन थाल्नुभएका आलेले हाल रागाँ पाल्ने काम समेत सुरु गर्नुभएको छ ।

पाँच लाख खर्च गरी बङ्गुरको खोर र रााँगाको गोठ निर्माण गर्नुभएका आलेले सात लाखमा बंगुर र पाँच लाख बराबरको रााँगो तयारी अवस्थामा छन् । उहाँले निर्माण गरेका नौ वटा खोरमा ३५ वटा बङ्गुर,२५ वटा बँदेल, र दश वटा सुँगुर गरी ७० वटा छन् भने पाँच वटा रााँगा मासुको लागि तयारी भैसकेका छन् । दैनिक ४० हजारदेखि बढीमा एक लाख म्मको मासु बिक्री गर्ने गरेको र खर्च कटाएर वार्षिक १० लाख रुपियाँ बचत हुने गरेको आलेले जानकारी दिनुभयो । उहाँको बङ्गुर फार्ममा दुई जना युवकहले रोजगारी पाएका छन् । बँदेलको मासु प्रतिकिलो रु. छ सय, सुँगुरको पाँच सय र बंगुर/रााँगो चार सयमा बिक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

ससेजको व्यापार फस्टाउँदै

व्यवसायी आलेले ससेज व्यापार पछिल्लो समय फस्टाउँदै गएको बताउनुभयो । युवायुवतीहरुको आकर्षणकाे रुपमा रहेको ससेजको व्यापारमा बृद्धि हुदै गएको छ । चार सय ग्राम चिकेन/बंगुरको ससेजको तीन सय ७० र बफको तीन सय २० मा बिक्री हुने गरेको छ । ससेज निर्माण गरी जिल्लाका विभिन्न स्थानमा सप्लाइगर्दै आएको आलेले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter