• Friday, June 13, 2025

सीमापार यातायात सञ्चालन गर्न प्रमसँग माग

काठमाडौं, माघ ३० गते । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुर जिल्लाका केन्द्रीय सदस्यहरुले जिल्लाबाट भारततर्फ जान सहज हुनेगरी सीमापार यातायात सञ्चालन गरिनु पर्ने माग गर्नु भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेताहरूले यस्तो माग राख्नुभएको हो ।

उहाँहरुले कञ्चनपुर क्षेत्रमा भारत सँगको सीमा स्ट्रीप म्यापका आधारमा तय गर्दा धेरै ठाउँमा नेपाली भूमि भारत तर्फ परेको उल्लेख गर्दै यसलाई सच्याइनुपर्ने माग समेत गर्नुभयो । नेताहरूले कञ्चनपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको शिलान्यास तत्काल गर्नुपर्ने, महाकाली करीडोरका लागि बजेट लगायतका सबै तयारी भए पनि वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनको कारण भइरहेको ढिलाई भएको कुरा जानकारी गराउनु भएको थियो ।

साथै उहाँहरुले भीमदत्त विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्ने र महकालीको तटबन्ध निर्माण तत्काल थाल्नुपर्ने माग समेत राख्नुभएको थियो । यसैगरी उहाँहरुले प्रधानमन्त्री सँग पुर्नवासनगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने र शुक्लाफाँटा बन्यजन्तु आरक्षण विस्तारका क्रममा विस्थापित दुई हजार ७६ परिवारको पुर्नस्थापना गरिनुपर्ने विषयमा समेत छलफल गर्नुभएको थियो ।

भेटमा नेकपाका केन्द्रीय सदस्यएवं राष्ट्रिय सभा सदस्यइन्दु कडरिया विष्टतथा केन्द्रीय सदस्यहरु राजेन्द्रसिंह रावल, रामचन्द्र नेपाल, खेम सुवेदी र नरबहादुर धामी लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter