८८ सङ्क्रमित थपिए, १३६ कोरोनामुक्त

काठमाडौं, फाल्गुन ८ गते । नेपालमा कोरोनाभाइरसका ८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ४८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ३५१ पुगेको छ । पछिल्लो चौबीस घण्टामा १३६ जना सङ्क्रमित निको भएका छन् । कोभिड १९ को सङ्क्रमणबाट मुक्त भएकाको संख्या दुई लाख ६९ हजार ७५५ पुगेको हो । हाल एक हजार ५३५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार हालसम्म २१ लाख ३६ हजार ३०९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल ७१ जना क्वारेन्टिनमा छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा कसैकाे मृत्यु भएको छैन ।

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter