अब बुटिक र डिलक्स होटललाई पनि तारे होटलको मान्यता

सिबी अधिकारी / काठमाडौँ, फागुन ८ गते । सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे ‘स्टार’ होटलको मान्यता दिने भएको छ । सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण गरेको हो । यसअघि विभागले सुविधासम्पन्न तारे होटललाई मात्र स्टारमा वर्गीकरण गरेको थियो । साथै डिलक्स र बुटिक होटलको स्पष्ट मापदण्ड थिएन ।

विभागले सबै स्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबैस्तरका बुटिक होटलका सम्बन्धमा सङ्केत चिन्हको रुपमा तारा चिन्ह निर्धारण गरेको छ ।

होटल एशोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले तारे होटलसम्बन्धी नयाँ मापदण्डले होटलको स्तरीकरणका साथै होटलको सेवा सहज ढङ्गले प्राप्त गर्न ग्राहकलाई पनि सहज हुने जानकारीदिनुभयो । उहाँले भन्नुभयो,“यो संसारभरको अभ्यास पनि हो ।

सरकारी मापदण्ड पालना गराउन सजिलो हुन्छ । होटलको स्तरीकरणका साथै सेवा सुदृढिकरणमासमेत सहयोग पुग्छ । हाम्रै (हान) को पहलमा विभागले होटलको स्तर चिन्ह प्रदान गरेको हो ।” विभागका अनुसार सबै तहका होटल तथा रिर्सोटले आफ्नो पहिचान दिने सङ्केत चिन्ह अनुसारको साइनबोर्ड होटलको गेटमै राख्नु पर्नेछ । यसबाहेक हानसँग सम्बन्धित संघ संस्थामध्ये आफु कुन सङ्घमा आवद्ध भएको हो, आवद्धता रहेको सङ्घको समेत चिन्ह बोर्डमै राख्नुपर्ने गरी विभागबाट निर्णय भएको छ ।

वर्गीकरण अनुसार एकतारेदेखि पाँचतारेसम्मका होटलको सङ्केत चिन्ह क्रमशः एकतारादेखि पाँच तारासम्म हुनेछ भने पाँचतारा डिलक्स होटलका लागि पाँचतारा र डिलक्क शब्द राख्नुपर्नेछ । त्यस्तै साधारण हेरिटेज बुटिक होटलको न्यूनतम स्तर तीन तारे हुनेछ ।

जसको सङ्केत चिन्हमा ‘तीन तारा र स्टाण्डर्ड हेरिटेज’ भन्ने शब्द राख्नुपर्नेछ । डिलक्स हेरिटेज बुटिक होटलका लागि ‘चारतारा र डिलक्ज हेरिटेज बुटिक’ शब्दले सङ्केत गरिने भएको छ । लक्जरी हेरिटेज बुटिक होेटलका लागि ‘पाँचतारा र लक्जरी हेरिटेज बुटिक’ शब्द राखिने भएको छ । रिर्सोटतर्फ साधारण रिर्सोटले तीन तारे स्तरको मान्यता पाएको छ । यस्तो रिर्सोटले तीनतारा र स्टाण्डर्ड रिसाेर्ट शब्द लेखेको सङ्केत चिन्ह पाएको छ ।

डिलक्स रिर्सोटले चारतारा र लक्जरी रिसाेर्टले पाँचतारा र लक्जरी रिर्सोट शब्द राखेर आफ्नो रिर्सोटको पहिचान जनाउन सक्ने गरी निर्णय भएको छ ।

पर्यटक स्तरका होटेलको सङ्केत चिन्ह ‘टीएस’ हुनेछ । साविकमा पर्यटन विभाग र मातहतका कार्यालयबाट पर्यटक स्तरको होटेलको स्तर वर्गिकरण भएका र अहिले प्रदेश सरकारको निकायबाट यस स्तरको होटेलमा वर्गिकरण भएका सबै होटलले गोलाकार भित्र रातो रङगमा (टीएस) लेखेको चिन्हलाई होटलको सङ्केत चिन्हका रुपमा प्रयोग गर्नुपर्ने विभागले जनाएको छ ।

मोटलका लागि विभागले ‘एम’सङकेत चिन्ह दिएको छ । गोलाकार रेखा भित्र रातो रङगमा ‘एम’ लेखिएको चिन्ह निर्धारण गरिएको छ । साविकमा पर्यटन विभाग र मातहतका कार्यालयमा दर्ता भएका र अहिले प्रदेश सरकारको सम्बन्धित निकायमा दर्ता भएका मोटलले यो चिन्ह प्रयोग गर्नुपर्नेछ ।

‘पर्यटक इन’ स्तरमा वर्गिकरण भई सञ्चालनमा रहेका होटलले भने ‘आइ’ सङ्केत चिन्ह प्रयोग गर्नुपर्नेछ । बेड एण्ड ब्रेक फास्टका रुपमा दर्ता भएका होटेलहरुको सङ्केत चिन्ह गोलाकार घेराभित्र रातो रङ्गमा ‘बीएण्डबी’ लेखिएको चिन्हलाई सङ्केत चिन्हका रुपमा निर्धारण गरिएको छ ।

सबै स्तरका रिर्सोट, तारास्तरका होटेल, सबै स्तरका बुटिक होटेल र रिर्सोटले प्रवेशद्धारमा सबैले देख्ने गरी साइनबोर्ड राख्नुपर्ने विभागले जनाएको छ । साइनबोर्ड भने सम्बन्धित स्थानीय तहले तोकेको आकार र बनोट अनुसार छनोट गर्न सकिनेछ । यसरी रहने साइनबोर्डको समेत मापदण्ड तोकिएको छ । साइनबोर्डको माथिल्लो भागमा नेपालको रङ्गीन निशाना छाप राख्नुपर्ने भएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter