• Thursday, June 12, 2025

८० सङ्क्रमित थपिए, १२१ कोरोनामुक्त

काठमाडौं, फाल्गुन ९ गते । नेपालमा कोरोनाभाइरसका ८० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ३२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १२१ जना सङ्क्रमित निको भएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ । हाल एक हजार ४९४ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हालसम्म दुई लाख ६९ हजार ८७६ जना सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा शून्य सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म एक हजार ४९४ जना सङ्क्रमित आइसोलेशनमा र ६८ जना क्वारेन्टिनमा छन् । मन्त्रालयले कोरोनाभाइरसको पहिलो बिरामी फेला परे यता २१ लाख ३९ हजार ६३४ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter