• Monday, June 16, 2025

काठमाडौं उपत्यकामा ४७ सहित देशभरि ९४ सङ्क्रमित थपिए

काठमाडौं, फाल्गुन १२ गते । नेपालमा कोरोनाभाइरसका ९४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ६९२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ९४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड १९ का कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको छ । हाल एक हजार ५५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ७१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७० हजार १३९ जना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोनाभाइरसबाट निको हुने दर ९८.७ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा एक सङ्क्रमितको मृत्युको दर्ता गरिएको छ । हालसम्म दुई हजार ६६ जनाको कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा ४७ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ३३, ललितपुरमा १२ र भक्तपुरमा दुई जना सङ्क्रमित थपिएका छन् ।

गत आइतबारदेखि हालसम्म १३ हजार ९१६ जनाको पीसीआर परीक्षण गरिएकोमा ४०९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । सोही अवधिमा ३८४ जना निको भएका छन् भने पाँच जनाको मृत्यु दर्ता गरिएको छ ।

हाल ६३ जना क्वारेन्टिनमा छन् । मन्त्रालयका अनुसार देशैभरि हाल ४४ जना सङ्क्रमित आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयले हालसम्म २१ लाख ५० हजार २२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter