• Wednesday, June 11, 2025

गाउँगाउँमा इजरायलको अत्याधुनिक कृषि प्रविधि : मन्त्री अर्याल

लमजुङ, फागुन १३ गते । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले गाउँगाउँमा इजरायलको अत्याधुनिक कृषि प्रविधि पु¥याइने बताउनुभएको छ । लमजुङको बेँसीशहर नगरपालिका–२ मा निर्माणाधीन श्रीजङ्ग गण नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रको आज अवलोकन गर्दै मन्त्री अर्यालले सो जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभयो, “विश्वमै अगाडि मानिएको इजरायलको कृषि प्रविधि गाउँगाउँमा पु¥याउन सके देश समृद्धितर्फ अघि बढ्नेछ । कृषिको विकास हुन सकेमा मात्र देशको विकास हुनेमा हामी स्पष्ट छौँ ।” व्यावसायिक कृषि, आधुनिकरण र यान्त्रिकीरण भए मात्र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार हुँदै देश समृद्ध हुने मन्त्री अर्यालको भनाई छ ।

नेपालका लागि इजरायलका राजदूत खनान गोडरले ७० वर्षअघिसम्म खाद्यान्न अभाव हुने इजरायल अहिले अत्याधुनिक प्रविधिको उपयोगकै कृषिमा आत्मनिर्भर भई कृषिजन्य उत्पादन निकासी गर्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले आधुनिक प्रविधिसँग जोड्ने हो भने नेपालमा पनि कृषि क्षेत्रमा परिवर्तन सम्भव रहेको बताउनुभयो ।

सो मन्त्रालयका सचिव डा योगेन्द्र कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रभुकुमार शर्मा, बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याललगायतले युवा शक्तिमा चासो र लगनशिलताका साथ कृषि पेशामा लागेमा मुलुक कृषिमा फड्को मार्न सक्ने जनाउनुभयो ।

नेपाली सेनाको कल्याणकारी कोषले नमूना परियोजनाका रुपमा शुरु गरेको यस तालीम केन्द्रले सैनिक परिवारका २० जना युवायुवतीलाई छानेर पढाइरहेको छ । बीएस्सीएजीसम्मको पढाइ सञ्चालन गर्ने लक्ष्य राखेको यो तालीम केन्द्र ३६७ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

सेवा निवृत्त सैनिक, उनीहरुका परिवार र सर्वसाधारणलाई आधुनिक कृषि तालीम दिने लक्ष्य लिएको यो तालीम केन्द्रमा पनि इजरायलको प्रविधि भित्र्याइने भएको छ । यहाँ करिब रु १५ करोड बढी लागतमा यस तालीमको भवन निर्माण भइरहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter