• Friday, May 23, 2025

ढम्कनेका किसान आलु खेतीमा, गाउँमै ‘अडर’ ११ लाखको विक्री

शेरबहादुर सार्की / बाजुरा फागुन १४ गते । बाजुराको बडिमालिका नगरपालिका ७ ढम्कनेका किसानलाई अहिले आलु लगाउने चटारो परेको छ ।

जिल्लाको बडिमालिका नगरपालिका ७ ढम्कनेका किसानको आलु लगाउने समय भएपछि उनीहरु धमाधम आलु लगाउन व्यस्त छन् ।

आलु लगाउँने उपयुक्त समय फागुनको दोस्रो सातादेखि मात्र भएकोले यती बेला ढम्कनेवासी आलु लगाउन निकै व्यस्त भएको बडिमालिका नगरपालिका ७ ढम्कनेका कृषक नरबहादुर रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो ,ढम्कनेका ११५ देखि १२० घरपरिवार अहिले आलु खेती गर्दै आएका छन् । अन्नबाली भन्दा आलु खेतीबाट उनीहरुको जीविकोपार्जनमा सहज पुगेएपछि आलु खेती गर्न थालेका हुन् ।

गत वर्ष बाजुराको दुर्गम ठाउँ भानिदै आएको ढम्मकनेमा उत्पादन भएको अर्गानिक आलु देशका विभिन्न सहरमा पुगेपछि ११ लाख भन्दाबढी रुपियाँ कमाइ भएको कृषक रोकायाले भन्नुभयो,“यसरी याहाँको आलु देृशका विभिन्न ठाउँमा निकै चिरपरिचित भएपछि याहाँका कृषक पनि आलु खेतीमा निकै उत्साहित बनेका छन् ।”

गत वर्ष ढम्कनेको आलु बाहिर लिएर बिक्री गर्नु परेको थियो भने अहिले गाउँमै आलुको अडर आउने गरेको कृषक नरबहादुर रोकाया भनाइ छ ।

उहाँले भन्नुभयो, गत वर्ष ११ लाखको आलु बिक्री भएको थियो भने यो वर्ष त्यो भन्दाबढीको आलु उत्पादन हुने आशमा रहेका छौ ।

जिल्लाको अन्य ठाउँ भन्दा ढम्कनेमा आलु उत्पादन क्षेत्रमा निकै उर्भरा जमिन भएकोले विभिन्न सस्थाहरुले पनि यसमा कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

कृषक दलबहादुर रोकायाले भन्नुभयो, आलु उत्पादनका लागि ढम्कने निकै राम्रो ठाउँ भएकोले अबका दिनमा यस क्षेत्रलाई आलुमय बनाउने योजना बुनेका छौ ।

परम्परादेखि लगाउँदै आएका अन्नबाली छोडेर सबैले आलु खेती गर्ने योजना बुनेका छौ ,कृषक रोकायाले भन्नुभयो,यसका लागि कृषिको क्षेत्रमा जिल्लामा काम गर्ने विभिन्न निकायालाई सहयोगको अपेक्षा गरेका छौ ।

पहिलो याहाँकै लोकल आलु लगाउँदै आएका ढम्कनेका किसान अहिले कार्डिनल र डेजिरे नयाँ जातको आलु लागउनु थालेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter