विकासशील मुलुकमा स्तरोन्नतिका लागि नेपालकाे नाम सिफारिस

काठमाडौं, फागुन १५ गते । संयुक्त राष्ट्र संघको विकास नीतिसम्बन्धी समितिबाट नेपाल विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिसमा परेको छ ।

हिजो बसेको सो समितिको बैठकले अति कमविकसित देशको सूचीबाट नेपालका स्तरोन्नतिका लागि सन् २०२६ सम्म तोकिएका मापदण्ड पूरा गर्नुपर्ने सुविधासमेत दिइएको छ ।

पछिल्लो समय सन् २०१५ मा नै नेपाललाई यस्तो सुविधा प्राप्त भए पनि सन् २०१५ मा आएको महाभूकम्प र जारी कोरोना भाइरसको महामारीले भने प्रतिव्यक्ति आयमा प्रभाव पारेका कारणले सन् २०१८ मा नेपालको यस्तो सुविधा कटौती गरेको संयुक्त रास्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क र आर्थिक जोखिम सूचकाङक स्तरोन्नतिका मुख्य मापदण्ड तय गरिएकोमा नेपालले प्रतिव्यक्ति आय बाहेक दुई सूचकाङ्कका तोकिएको मापदण्ड पार गरिसकेको अवस्था रहेको जनाइएको छ ।

सन् २०२२ मा स्तरोन्नति भएको अवस्थामा समेत नेपालले अल्पविकसित मुलुकमा रुपमा पाइरहेको सुविधा सन् २०२६ सम्म निरन्तर रुपमा पाउनेछ ।

यस्तै, नेपालसहित अन्य दुई मुलुकहरु छिमेकी देश बङ्गलादेश र दक्षिणपूर्वी एसियाली देश लाओस अतिकम विकसित मुलकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter