१७९ सङ्क्रमित थपिए, १११ कोरोनामुक्त

काठमाडौं, चैत २० गते । नेपालमा कोरोनाभाइरसका १७९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५६५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ६४० पुगेको छ । पछिल्लो चौबीस घण्टामा १११ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार ९६२ जना सङ्क्रमित निको भइसकेका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार ६४७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । दैनिक रुपमा कोरोनाभाइरस सङ्क्रमितको संख्या वृद्धि हुँदा सक्रिय सङ्क्रमितको संख्यामा समेत वृद्धि भएको छ । गत् साताको अपेक्षा सक्रिय सङ्क्रमितको संख्या करिब दोब्बर भएको छ ।

हाल एक हजार ६४७ जना आइसोलेशनमा र ६१ जना क्वारेन्टिनमा छन् । पछिल्लो चौबीस घण्टामा सङ्क्रमितको मृत्युको पुष्टि भएको छैन् । हालसम्म तीन हजार ३१ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयले कोभिड १९ को पहिलो परीक्षणदेखि हालसम्म २२ लाख ७९ हजार १०५ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter