सरकार र विश्व बैङ्कबीच करीब नाै अर्ब रुपियाँको सहुलियतपूर्ण ऋणबारे सम्झौता

काठमाडौं, चैत २० गते । कोभिड–१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच बिस्तार गर्न नेपाल सरकार र विश्व बैंकबीच आठ अर्ब ७० करोड रुपैयाँ ९७५ मिलियन अमेरिकी डलर० बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सिंहदरवारमा शुक्रबार भएको सम्झौतामा नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गर्नुभएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिनुभयो ।

अर्थ सचिव ढुङ्गानाले कम्तिमा ७२ प्रतिशत नेपालीलाई खोप दिने सरकारको बृहत योजनाका लागि यस अतिरिक्त वित्तिय सहयोगले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको राष्ट्रिय खोप वितरण योजनाअनुरूपको प्रभावकारी खोप सेवा बिस्तार र स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्न यो वित्तीय सहयोग उपयोगी हुने उहाँले धारणा व्यक्त गर्नुभयो ।

माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामुलक र द्रुत पहुँच बिस्तार गर्नु महामारीबाट जीवन रक्षा गर्न र उत्थानशील पुनर्लाभ प्राप्त गर्न महत्वपूर्ण भएको बताउनुभयो । नेपालमा सार्वजनिक स्वास्थ्य तयारी प्रणालीको सुदृढीकरण, नेपालको आर्थिक पुनर्लाभलाई उत्प्रेरित गर्न र महामारी प्रतिकार्यलाई सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको बताउनुभयो ।

अर्थ मन्त्रालय र विश्व बैंकद्वारा जारी प्रेस विज्ञप्तिअनुसार गत वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको तीन अर्ब ३० करोड रुपैयाँ बराबरको कोभिड–१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी आयोजनामा यो अतिरिक्त वित्त सहयोग प्राप्त भएको हो ।

स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विभाग र अन्य सम्बद्ध संस्थागत निकायले गर्ने मन्त्रालयले जनाएको छ । यस अतिरिक्त वित्त सहयोगको ९० प्रतिशत हिस्साले कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोप खरिद, आपूर्ति र वितरणलाई सघाउने विश्वास गरिएको छ ।

बाँकी रकमले कोभिड–१९ संक्रमणको परिक्षण, पहिचान र उपचारका लागि विद्यमान जनस्वास्थ्यका उपायलाई टेवा पुग्नेछ । कोभिड–१९ विरूद्धका खोपको माग र स्वीकार्यताको सुधार गर्न सामुदायिक संलग्नता र जोखिम संचारलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ । सहयोगले आयोजनाको कार्यान्वयन, अनुगमन मूल्याङ्कन र सिकाईलाई पनि बढावा दिने सरकारको बुझाई छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter