काेराेनाका २६६ सङ्क्रमित थपिए, १०२ निको भए; उपत्यका प्रवेश गर्दा शंका लागेमा एन्टिजेन परीक्षण गर्नुपर्ने

काठमाडौं, चैत २३ गते । नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ५३६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित अद्यावधिक गर्दै साे कुरा बताउनुभएकाे हाे । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७८ हजार २१० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा १०२ जना सङ्क्रमित निको भएका छन् । याेसँगै दुई लाख ७३ हजार ३४२ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयका अनुसार हाल एक हजार ६७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा दुइजनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा तीनहजार ३६ जना सङ्क्रमितकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

उपत्यका प्रवेश गर्दा शंका लागेमा एन्टिजेन परीक्षण गर्नुपर्ने

काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले नाकामा एन्टिजेन परीक्षण गरिनुपर्ने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले उपत्यका प्रवेश गर्ने सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्जेिन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्थापन मिलाउने बताउनुभयो ।

तत्कालका लागि सवै यात्रुको हकमा एन्टिजेन परीक्षण अनिवार्य नगरिए पनि शंका लागेको व्यक्तिलाई परीक्षण गरिने प्रमुख जिल्ला अधिकारी पराजुलीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गर्ने निर्णय भएको समेत उहाँले जाकारी दिनुभयो ।

कोरोना संक्रमण जोेखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका छिर्ने व्यक्तिमाथि नाकामा ज्वरो नाप्ने काम केही दिनदेखि सुरु गरिएको थियो । एक साता अघिदेखि ‘नाकामा रहेका हेल्थ डेस्कमा जनस्वास्थ्य कार्यालयबाट खटिएकाले कर्मचारीले ज्वरो नाप्ने काम गरिरहेको उहाँले बताउनुभयो । कोरोनाको जोखिम बढिरहेकोले आगामी दिनमा अझ कोरोना संक्रमण भित्रन नदिन अझै कडाइका साथ काम अघि बढाउने समेत उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter