एउटै नर्सरीमा पचासी हजार स्याउ र ओखरका बिरुवा उत्पादन

राजन रावत / हुम्ला, चैत २४ गते । हुम्लामा एउटा फलफूल नर्सरीको फर्मले पचासी हजार फलफूलका बिरुवा उत्पादन गरेको छ । यसअघि जिल्ला बाहिरबाट खरिद गरेर ल्याउने गरिँदै आएकोमा हुम्लाका दुई जना युवा मिलेर फर्ममा फलफूलका बिरुवा उत्पालन सुरु गर्नुभएको हो ।

गतवर्ष स्थापना गरेको फलफुल नर्सरीमा पचासी हजार स्याउ र ओखरका बिरुवा उत्पादन भएको हिमाली अर्गानिक एग्रो फर्मका सञ्चालक सुन्दर रावतले बताउनुभयो । सधैँ जिल्ला बाहिरबाट फलफुल (स्याउ र ओखर)का बिरुवा खरिद गरेर ल्याउदा स्रोत बाहिर जाने तर जिल्ला बिरुवा उत्पादन गर्न सकिने देखिएपछि सिमकोट गाउँपालिका– ५ का दुई जना युवा रावत र डम्बर रावत मिलेर फर्म दर्ता गरि फलफूल नर्सरी स्थापना गरि बिरुवा उत्पादन गर्नुभएको हो ।

यस वर्ष उक्त नर्सरीमा असी हजार स्याउ र पाँच हजार ओखरका बिरुवा उत्पादन भएका छन् । यस वर्ष दुई हजार ग्राफ्टिङ नगरिएका बिरुवा बिक्री सुरु गरेको फर्मले अर्को वर्ष सबै बिरुवा बिक्री सुरु गर्ने उहाँले बताउनुभयो ।

ओखरको प्रति बोट सात सय र स्याउको पचहत्तर रुपियाँमा बिक्री गरिनेछ । अर्को सालका लागि अहिले नै फर्मलाई स्याउ तथा ओखरका बिरुवाको अर्डर आइसकेको पेशाले कृषि प्राविधिकसमेत रहनुभएका रावतले बताउनुभयो । दुई रोपनी जमिनमा फलफूलका बिरुवा फर्मले लगाएको छ । फर्मले दश रोपनी जग्गा लिजमा लिएर फलफूल नर्सरी र तरकारी खेती सुरु गरेको हो । तरकारी तथा कलमी नगरिएका बिरुवाबाट यसै वर्ष कमाइ सुरु गरेको फर्मले अर्को वर्ष मनग्य आम्दानी गर्न फर्म सफल हुनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter