ट्रेकिङ गाइडलाई विश्वभर मान्यता दिलाउने तयारी, थप तालिम दिइने

छेटु शेर्पा / काठमाडौं, चैत २९ गते । सरकारले नेपाली ट्रेकिङ गाइडलाई विश्वभर मान्यता दिने गरी मापदण्ड बनाउने काम शुरु गरेको छ । ३५ दिन तालिम लिएर गाइड बनेकाहरुलाई ‘युनियन अफ इन्टरनेस्नल माउण्टेन लिडर एशोसिएशन’ (यूआईएमएलए)को पाठ्क्रमबाट थप ६ महिना तालिम लिएपश्चात विश्वभर मान्यता दिने गरी प्रमाणपत्र दिइने भएको हो ।

संस्कृति, पर्यटन तथानागरिक उडड्यन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले गाइडहरुलाई थप व्यवस्थापन गर्ने भएको छ । प्रतिष्ठानले हाल ट्रेकिङ गाइडका लागि ३५ दिनको तालिम दिँदै आएको छ । दुई वर्ष अघिदेखि तालिम उत्तीर्ण गरेकाहरुलाई पर्यटन विभागले ट्रेकिङ गाइड लाइसेन्स प्रदान गर्न शुरु गरेको हो । ३५ दिनको तालिमले मात्र गाइडको अनुभव नपुग्ने र विदेशीहरुको अपेक्षा अनुसारको उपलव्धि नहुने भएपछि थप ६ महिना तालिम दिएर गाइडलाई विश्वभर मान्यता दिने गरी उत्पादन गर्ने तयारी थालेको प्रतिष्ठानका प्रशासकीय प्रमुख उत्तमकुमार भटट्राईले बताउनुभयो ।

हाल ३५ दिन तालिम लिएर गाइड बनेकाहरुलाई तह १ र त्यसपछिको तालिमपश्चात बनेको गाइडको स्तर तह २ बनाउने समेत लक्ष्य राखेको उहाँले बताउनुभयो । यसमा‘युनियन अफ इन्टरनेस्नल माउण्टेन लिडर एसोसिएसन’ले तय गरेको पाठ्क्रम र थप नेपाल सरकारले तय गरेको पाठ्क्रम अध्ययन गर्न लगाइने उहाँले गोरखापत्रलाई बताउनुभयो ।

‘युनियन अफ इन्टरनेस्नल माउण्टेन लिडर एसोसिएसन’ (युआइएमएलए) को पाठ्यक्रम अनुसार तालिम दिएर विश्वव्यापी मान्यता पाउने गरी माउण्टेन लिडर बनाउन प्रतिष्ठानले कार्ययोजनाभित्र राखेर काम थालेको भटट्राईले जानकारी दिनुभयो । तह १ बाट ट्रेकिङ गाइड बनेकाले गुणस्तरीय काम र उपलब्धि कम हुने भएपछि गाइडको समेत गुणस्तरलाई बृद्धि गरेर विश्वभर मान्यता दिने बनाउन प्रतिष्ठान लागिपरेको जनाएको हो ।

पर्यटन ऐन २०३५ ले पथप्रर्दशक उल्लेख गरे पनि पर्यटन विभागले टुर, सिटी, ट्रेकिङ र पोर्टर गाइडको नामबाट चार वर्गमा इजाजत दिँदै आएको छ । विभागको तथ्याङ्कमा चार वटै गरी २४ हजार इजाजत प्राप्त गाइड छन् । ३५ दिनको तालिम औपचारिकता दिन सामान्य जानकारी मात्र दिने गरेकाले युनियन अफ इन्टरनेस्नल माउण्टेन लिडर एसोसिएसनले आफ्नो मापदण्डमा नपुगेको जनाएको छ । पदयात्राका क्रममा हिमाल गल्छी पास गर्ने, हिउँको अवस्थाबारे जानकारी, पदयात्राको व्यवस्थापन जस्ता पक्ष तालिम लिनु जरुरी हुने गाइडहरुको भनाइ छ । एसोसिएसनमा विश्वभरका २६ देश सदस्य छन् ।

हाल नेपाल माउन्टेन एकेडेमी र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले ट्रेकिङ गाइडलाई तालिम दिँदै आएको छ यो तालिममा उत्तीर्ण भएपछि मात्र पर्यटन विभागले ट्रेकिङ गाइड लाइसेन्स दिँदै आएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter