• Friday, April 11, 2025

५८० सङ्क्रमित थपिए, उपत्यकाका २५४ मा सङ्क्रमणको पुष्टि

काठमाडौं, बैशाख १ गते । नेपालमा कोरोनाभाइरसका ५८० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार २८९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५८० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा ४५१ जनाको एन्टीजेन परीक्षण गरिएकोमा २३ जनामा पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा २५४ जना सङ्क्रमित पहिचान गरिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । हाल चार हजार ५६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हाल ७९ जना क्वारेन्टिनमा र चार हजार ५६ जना आइसोलेशनमा छन् । ४५७ जना हाल संस्थागत् आइसोलेशनमा र तीन हजार ५९९ जना होम आइसोलेशनमा छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हाल ८० जना सङ्क्रमित सघन उपचार कक्ष र २५ जना भेन्टिलेटरमा छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ । कोरोना सङ्क्रमणले हालसम्म नेपालमा तीन हजार ६१ जनाको मृत्यु भएको हो । हालसम्म २३ लाख २५ हजार ९५९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter