नेपालमा माउन्टेनेरिङ साइन्समा पढाइ, विदेशी विद्यार्थीको चासो

छेटु शेर्पा / काठमाडौं, बैशाख २ गते । सरकारले पहिलो पटक स्नातकोत्तर तहमा माउन्टेनेरिङ साइन्स पढाइ शुरु गर्ने भएको छ । यस अघि स्नातक र स्नातोकोत्तर तहमा माउन्टेनेरिङको पढाइ शुरु गरेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले साइन्स विषयमा समेत अध्यन शुरु गर्ने भएको हो ।

संस्कृति, पर्यटन तथानागरिक उडड्यन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले आउने शैक्षिक सत्रदेखि लागु गर्ने तयारी गरेको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत उत्तम भट्टराईले बताउनुभयो । ‘मास्टर्स अफ माउन्टेन एण्ड माउन्टेरिङ साइन्स’ नामबाट पाठ्यक्रम तयारीको काम शुरु गरेको र त्रिभुवन विश्वविद्यालयले पढाइ सञ्चालनका लागि स्वीकृति दिएको भट्टराईले गोरखापत्रलाई जानकारी दिनुभयो ।

यस अघि प्रतिष्ठानले स्नातकतहमा ‘ब्याच्लरर्स अफ माउन्टेन स्टडिज’ र ‘मास्टर्स अफ एडभेन्चर टुरिजम’को पाठ्क्रम निर्माणको पठनपाठन शुरु गरिसकेको छ । स्नातकोत्तर तहमा एडभेन्चर टुरिजम विषय पढाइ भए पनि हिमालको अध्यनसँग सम्बन्धित रहेर पढाइ गर्नु जरुरी रहेकाले विज्ञान विषय पढाइ शुरु गर्न लागिपरेको प्रतिष्ठानले जनाएको छ । पाठ्क्रममा हिमालको वातावरण, ग्लेसियर, हिमालमा प्रयोग हुने सामग्री उत्पादन साथै हिमालको विज्ञानसँग सम्बन्धित विषयमा केन्द्रित हुने छ ।

२०७५ भदौ २८ मा पाठ्यक्रम स्वीकृति दिएपछि विश्वमै पहिलो पटक पहिलोपटक पर्वता रोहणमा स्नातकोत्तर तहसम्म पढ्न पाउने व्यवस्था शुरु गरेको छ ।चार वर्ष अघिदेखि यही विषयमा स्नातक पढाइ सुरु गरिसकेको थियो । हिमालसम्बन्धी पढाइ अन्य मुलुकमा नभएको र यसलाई विश्वव्यापी बनाउने लक्ष राखेको प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवालीले बताउनुभयो । नेपाल हिमालको हब भएको देश भएकाले पनिपर्वता रोहण र एडभेन्चर टुरिजमसम्बन्धी अध्ययन गराउन आवश्यक भएकाले अध्ययन गर्न पाउने व्यवस्था राज्यले गरेको ज्ञवालीले बताउनुभयो ।

पर्वतारोहण र एडभेन्चर टुरिजम अध्ययन गर्ने गरी त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम स्वीकृति दिएको छ । यस्तो पाठ्यक्रम संसारकै पहिलो भएको सरकारको दावी छ। हिमाललाई आरोहणको दृष्टिले मात्र हेर्ने गरेकाले दुर्घटना हुने गरेको र अध्ययन पछि आरोहण गर्नु उपयुक्त भएकाले पढाइ जरुरी भएको समेत कार्यकारी निर्देशक ज्ञवालीले बताउनुभयो । स्नातकका लागि आठ सेमेस्टर र स्नातकोत्तरका लागि चार सेमेस्टर पढ्नुपर्ने अनिवार्य छ पाठ्क्रम उत्तीर्ण गर्न ७ हजार मिटरको हिमाल आरोहण गर्नुपर्ने र हिमालमै पुगेर अनिवार्य रुपमा थेसिस गर्नुपर्ने व्यवस्था छ ।

यस अघि तय भएका पाठ्क्रममा कोर एडभेन्चर कोर्स, एडभेन्चर टुरिजमअ परेसन एण्ड मेनेजमेन्ट, कन्टेम्पोररी टुरिजम डेभलप्मेन्ट, इको टुरिजम, मेनेजिङ प्रोटेक्टेड एरिया अफ नेपाल, सांस्कृतिक हेरिटेज टुरिजम, एडभेन्चर टुरिजम एण्ड रिक्स, हेल्थ एण्ड सेफ्टी इन एड्भेन्चर टुरिजम, माउन्टेनेरिङ मेनेजमेन्ट टुरिजम क्राइसिस एण्ड डिजास्टर मेनेजमेन्ट, टुरिजम इनोभेसन, डेस्टीनेसन प्लानिङ, डेभलप्मेन्ट मेनेजमेन्ट, सस्टेनेवल माउन्टेन टुरिजम डेभलपमेन्ट, ग्लोबल माउन्टेन एण्ड माउन्टेनेरिङ इभेन्ट टुरिजम लगायतका विषय अध्ययन गर्नुपर्ने हुन्छ ।

पछिल्लो समय पर्वतारोहणमा युवाको आकर्षण बढ्दै गएकाले पढाइमा समेत रोजाइ बढेको प्रतिष्ठानले जनाएको छ । नेपाल मात्र नभएर संसारभर हिमाल भएका २६ देश र अन्य देशबाट समेत विद्यार्थीहरु पढाइका लागि सम्पर्कमा आएकाले यसलाई विश्वभरका विद्यार्थीलाई नेपालमा हिमा सम्बन्धी अध्ययन गराउने प्रतिष्ठान लागिपरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter