तीन हजार ५८८ आरटीपीसीआर परीक्षणमा ४९० सङ्क्रमित, १५७ निको

काठमाडौं, वैशाख २ गते । नेपालमा कोरोना भाइरसका ४९० जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ५८८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४९० जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, ५६४ वटा एन्टिजिन परीक्षणमा ४४ जना सङ्क्रमितको पहिचान गरिएको छ ।

मन्त्रालयको कोभिड १९ सम्बन्धी अद्यावधिक विवरणमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको जानकारी गराएको छ ।

पछिल्लो चौबीस घण्टामा १५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार ६०४ जना निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले ५ ब्यक्तिको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ६६ जनाको मृत्यु भएको छ ।

हाल चार हजार ३८४ जना आइसोलेशनमा र ६० जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter