प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह

लक्की चाैधरी / काठमाडौं, वैशाख ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन, सांसद खाली भएको ठाउँमा उपनिर्वाचन गर्ने विषयमा समेत छलफल भएको छ । बैठकबारे जानकारी दिनुहुँदै नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले रिक्त रहेको ठाउँमा संवैधानिक व्यवस्थाअनुसार उपनिर्वाचन गर्ने सहमति दलका नेताहरुले दिनुभएको जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको परामर्शअनुसार उपनिर्वाचनको कार्यतालिका बनाउने बताउनुभएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

सरकारले आगामी मङ्सिरसम्म उपनिर्वाचन गर्ने तयारी थालेको बुझिएको छ । एमसीसी प्रस्ताव संसद बैठमा प्रस्तुत गर्नुपर्ने, सरकारले ल्याउने विजनेस रोक्न नमिल्ने भनाई दलका नेताहरुको रहेको उहाँले जानकारी दिनुभयो । दलहरुबीचमा विभिन्न समयमा मुलुकको साझा समस्याबारे परामर्श गरी अघि बढ्ने कुरा पनि भएको परराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवालीले बताउनुभयो । मुलुकको राजनीतिक प्रणालीलाई कमजोर पार्ने प्रबृत्ति देखिएकाले त्यसप्रति सजग हुँदै निरुत्साहित गर्नुपर्छ भन्ने धारणा प्रधानमन्त्रीले राख्नुभएको जानकारी नेता ज्ञवालीले बताउनुभयो ।

पत्रकारको अर्को जिज्ञासामा प्रवक्ता ज्ञवालीले संसदीय प्रणालीमा सांसदले दलीय फ्लोर क्रस गर्नु अक्षम्य विषय भएको बताउनुभयो । संसदभित्रको एजेण्डामाथि सरकारले हस्तक्षेप गर्न नमिल्ने बताउनुहुँदै प्रवक्ता ज्ञवालीले संसदमा प्रस्तुत प्रस्तावमा कसैले खेलवाड गर्न नहुने बताउनुभयो । लामो समयसम्म संसद बैठकमा प्रस्ताव रोकेर राख्न उचित नरहेको उहाँले बताउनुभयो । सरकारले दिएको विजनेस संसद बैठकमा नियमले राक्न नमिल्ने तर पास गर्ने कि नगर्ने बारे संसद सार्वभौम रहेको उहाँले बताउनुभयो । जसपाले नागरिकताको विषय बैठकमा उठाएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

नागरिकता विधेयक पनि संसदमा बैठकमै रहेकाले छलफल गरेर अघि बढाउनुपर्ने पक्षमा सरकार रहेको उहाँले बताउनुभयो । “जस्ताको तस्तै पारित नहुनसक्छ तर सरकारले पेश गरेका विधेयक बैठकमा रोकेर राख्न मिल्दैन” उहाँले भन्नुभयो । बैठकमा सहभागी नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले सांसदहरु हटेपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन गर्ने बारेमा छलफल भएको जानकारी दिनुभयो । बैठकमा एमसीसी प्रस्ताव संसद बैठकमा पेश गर्नेबारे पनि कुरा भएको उहाँले बताउनुभयो ।

कोभिड १९ उपचारका लागि आइसोलेशन बेड सङ्ख्या बढाउनुपर्ने, रोकथामको विधिमा सरकारले ध्यान दिनुपर्ने, जनतालाई त्यसबारे सचेत बनाउनुपर्ने, अहिले नै लकडाउन गरिहाल्ने ठीक हँदैन सुझाव आफूहरुले दिएको उहाँले बताउनुभयो । “उपसभामुख र उपनिर्वाचन दुवै गरौं भन्ने हाम्रो सुझाव रह्यो ।” संसदलाई अपाङ्गता बनाउने काम नगरी छिटो पूर्ण बनाउनुपर्ने सुझाव आफुहरुले दिएको नेता पौडेलले जानकारी दिनुभयो । “सत्तालाई भन्दा व्यवस्थालाई बचाउनुपर्छ भन्ने हामी अर्को सुझाव दियौं” नेता पौडेलले भन्नुभयो । लोकतान्त्रिक गणतन्त्ररुपी व्यवस्थामाथि खेलवाड गर्न नहुने उहाँले बताउनुभयो ।

देशलाई निकास दिनुपर्छ, अहिलेको गतिरोध अन्त्य गर्नुपर्छ भन्यौं नेता पौडेलले बताउनुभयो । “एमसीसी हाम्रै सरकारको पालामा सम्झौता भएको हो, संसद बैठकमा प्रस्ताव ल्याउनुस् भनेर सल्लाह दिएका छौं” नेता पौडेलले भन्नुभयो । कार्यव्यवस्था समितिको बैठक बोलाएर छलफल गरौं, सरकारले संसदमै फेस गर्नुपर्छ भनेर हामीले भन्यौं नेता पौडेलले सञ्चारकर्मीलाई बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter