आरटीपीसीआर परीक्षणमा एकहजार १५ जना सङ्क्रमित, २६२ निकाे

काठमाडौं, वैशाख ५ गते । नेपालमा कोरोनाभाइरसका एकहजार १५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार ८४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एकहजार १५ जना कोभिडबाट सङ्क्रमित भएको पहिचान गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८४ हजार ७४२ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा २२६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७५ हजार तीनसय जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा हाल छ हजार २९० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । ८५ जना हाल क्वारेन्टिनमा छन् ।

मन्त्रालयले एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ८१ जनामा पोजिटिभ परिणाम पाइएको उल्लेख गरेको छ । ६९९ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter