आज दिउँसोबाट मेलम्चीकाे १७ कराेड लिटर पानी सुरूङमा पठाइयो

मुकुन्द गैरे / काठमाडौँ, बैशाख ६ गते । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आजदेखि दैनिक १७ करोड लिटर अर्थात पुरै पानी पठाइएको छ । आज (सोमबार) दिउँसो १ बजेदेखि दैनिक १७ करोड लिटर पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

सुरुमा चैत्र १५ गतेदेखि परीक्षणको रुपमा दैनिक चार करोड लिटर पानी पठाइएकोमा आज देखि १७ करोड लिटर पठाउन सुरु गरिएको हो । समितिले दैनिक चार करोड लिटरबाट विस्तारै परीक्षणको रुपमा बढाउँदै अन्ततः पुरै पानी पठाउन सफल भएको हो । मेलम्ची खानेपानीको बाँकी काममध्ये हेड बक्स बनाउने काम भइरहेको र यही वैशाख महिना भरीमा काम सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।

अरु काम सम्पन्न भइसकेको र वर्षातको समयमा अर्थात दुईदेखि तीन महिनापछि सुरुङभित्रको पानी सबै सफा गरेर सुरुङभित्र के भइरहेको छ, केही सुधार गर्नुपर्ने अवस्था भए सुधार गरिने कार्यकारी निर्देशक खत्रीले बताउनुभयो । मेलम्चीको पानी उपत्यकाबासीको घरघरमा चैत्र १५ देखि वितरण सुरु गरिएको थियो । उक्त पानी महाकाँलचौरस्थित पोखरीबाट वितरण गरिएको थियो ।

यस क्षेत्रबाट वितरण हुने पानी नियमित रुपमा वितरण भइरहेको छ । सुरुमा परीक्षणको रुपमा चैत १५ गतेबाट आइतबार दिउँसोदेखि महाँकाल चौरबाट त्रिपुरेश्वर, न्यूरोड, चाबहिल, बत्तीसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायतका क्षेत्रका घरघरमा पठाइएको थियो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मेलम्चीको पानी चार चरणमा विभाजन गरी वितरण गर्ने यसअघि कार्यतालिका सार्वजनिक गरिसकेकोे छ । चार चरणमध्ये अँझै केही ठाउँमा पानी वितरण गर्न बाँकी छ, त्यसको लागि काम भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बताएको छ ।

मेलम्ची खानेपानी आयोजनाले पानी पथान्तरणका लागि महत्वपूर्ण पूर्वाधारहरुको निर्माण सम्पन्न भएसँगै २०७७ फागुन १० गतेबाट सुरुङ परीक्षण कार्य आरम्भ गरेको थियो । परीक्षणको क्रममा २०७७ फागुन २२ गते सुन्दरीजलमा पानी आइपुगेको थियो । यसरी प्राप्त पानी चैत १३ गतेबाट सुन्दरीजलमा प्रसोधन गरी आंशिक रुपमा वितरण प्रणालीमा उपलब्ध गराइएको थियो ।

वितरण प्रणालीमा पूर्ण क्षमतामा पानी प्रवाह गर्ने क्रममा समितिले मेलम्ची नदीमा उपलब्ध पानीको नियमित मापन गरी अनुगमन गरिरहेको छ । मेलम्ची नदीको जल प्रवाह, नदी पर्यावरण तथा तल्लो भेगमा आवश्यक पानी नियमित रुपमा उपलब्ध गराउन विशेष ध्यान दिइएको समितिले बताएको छ ।

दैनिक १७ करोड लिटर पानी काठमाडौंतर्फ पथान्तरण भएपछि पनि मेलम्ची नदीमा प्रतिसेकेन्ड १ हजार १ सय लिटर (प्रतिदिन करिब ९ करोड लिटर) भन्दा बढी पानी उपलब्ध छ जुन नदीको पर्यावरणीय सन्तुलनका लागि अति नै महत्वपूर्ण रहेको समितिले बताएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter