आरटीपीसीआर परीक्षणमा एकहजार २२७ सङ्क्रमित, २५५ निको

काठमाडौं, वैशाख ६ गते । नेपालमा कोरोनाभाइरसका एकहजार २२७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार एक जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एकहजार २२७ जना कोभिडबाट सङ्क्रमित भएको पहिचान गरिएको छ । नेपालमा अहिलेसम्म २३ लाख ५२ हजार ५०२ वटा आरटीपीसीआर परीक्षण गरिएको छ ।

यस्तै, मन्त्रालयले एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ५४ जनामा पोजिटिभ परिणाम पाइएको उल्लेख गरेको छ । ५४७ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार नाैसय पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा २५५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७५ हजार ५५५ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा हाल सात हजार २५४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । अहिले ८१ जना हाल क्वारेन्टिनमा छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा आठजना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । याेसँगै नेपालमा तीनहजार ९१ जनाकाे मृत्यु भएकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter